प्रकाश दुतराजको ‘रिमै..’ ले करिब चार हप्तामा एक करोड सात लाख दर्शकको भ्युज पायो

Shreekrishna hardware

बेनी, म्याग्देली कलाकार प्रकाश दूतराजको गीत ‘रिमै..’ करिब चार हप्ताको अवधिमा ‘युट्युव’मा एक करोड भन्दा बढी पटक हेरिने म्युजिक भिडियोको सूचिमा परेको छ ।

यही कात्तिक ३ गते सर्जकको आफ्नै प्रकाश दुतराज युट्युव च्यानलबाट सार्वजनिक भएको गित बुधबार अपराहन्नसम्म एक करोड सात लाख ८४ हजार पटक हेरिएको छ । दशैंको छेको पारेर दूतराजले सार्वजनिक गरेको ‘रिमै…’ दुई दिनअघि करोड क्लबमा प्रवेश गरेको हो ।

सुदुरपश्चिम र कर्णाली प्रदेशमा घुमन्ते जीवन बिताइरहेका लोपोन्मुख राउटे समुदायको जिवनशैली झल्काउने दृष्य समावेश गरिएको प्रेम कहानीमा आधारित गितको म्युजिक भिडियोमा एक लाख ६४ हजार जना दर्शकले लाइक र छ हजार भन्दा बढीले प्रतिक्रिया लेखेका छन् ।

Shreekrishna

दर्शक स्रोताहरुको लोभलाग्दो माया पाइरहेको गीतलाई सबैले प्रशंशा गरेका छन् । सामाजिक सञ्जालमा अहिलेको सबैभन्दा चर्चित बनेको यो गितमा प्रकाश र मेलिना राईको स्वर छ । यसअघि प्रकाश र मेलिनाको स्वर रहेको ‘जुन माया’ गितले पनि चर्चा पाएको थियो ।

प्रकाशको शब्द र संगित रहेको गितलाई बि.बि. अनुरागीले एरेन्ज गर्नुभएको छ । दैलेखको गुराँस गाउँपालिकामा पुगेर छायांकन गरिएको गितमा प्रकाश र केपिना गोतामेको अभियन छ । रिमै गितको म्युजिक भिडियोको कोरियोग्राफी तथा निर्देशन मौसम हिमाली र अनिल के मानन्धरले छायांकन गर्नुभएको छ । नविन घर्तिमगरले भिडियो सम्पादन गर्नुभएको हो ।

Ban devision notice

करिब १४ मिनेटको गीतको म्युजिक भिडियोमा राउटे युवक ज्यामिरे र युवती वाजकलीको प्रेमकथा प्रस्तुत गरिएको छ । प्रकाशले ज्यामिरे र केपिनाले वाजकली पात्रको अभियान गर्नुभएको छ । मीठस शब्द र संगितले भरिएको गितको भिडियोमा मार्मिक र अर्थपुर्ण दृष्य र कथा समेटिएको छ ।
‘देउरालीमा धजा रिमै, मन उतै नजा, भनेकै मान्दैन । मैले माया गरे रैछु माया जालमा परे रैछु ।’ ज्यामिरेका बुवा अथवा राउटेका मुखीयाको निधन भएको तेस्रो दिन परम्परागत चलनअनुसार बसाई सराई गरेर अन्यत्र जान लागेको कथाबाट शुरु हुने गितको अन्त्य पनि दुखान्तमै पुगेर हुन्छ ।

घना जंगलको बीचमा बसिरहेका बेला एक साँझ बुवा गुमाएका ज्यामिरेलाई पनि बाघले आक्रमण गरेर ज्यान लिएको देखाइन्छ । प्रेमीको निधनले छटपटाएकी वाजकलीले बसाइँ सर्नुअघि ज्यामिरेको शव गाडिएको स्थलमा पुगेर मायाको चिनोस्वरूप पाएको फूल चढाएको दृष्यको पृष्ठभूमिमा ‘दुःख बगाई लैजा भेरी, किन बग्छस् हेरी हेरी’ भन्ने शब्द गुन्जिन्छ ।

मौलिकतासँगै नयाँ शैलि प्रयोग गरेका दुतराजले नेपाली परिवेश, माटो र नेपालीपनलाई गीत–संगीतका माध्यमबाट संरक्षण, सम्र्वद्धन र प्रचार–प्रसार गर्ने प्रयासका रूपमा ‘रिमै’ तयार गरेको बताउनुभयो । “अहिलेका दर्शकहरू हरेक दृश्यमा संगीत र कथा खोजिरहेका हुन्छन,” उहाँले भन्नुभयो “गीतमा शब्द र संगीतसँगै कथा र दृश्यलाई आफ्नोपन दिलाउने प्रयास गरेको छु ।” राउटेको जिवनशैली अध्ययनका क्रममा दैलेख जाने क्रममा यो गितको कथा फुरेको दुतराजले बताउनुभयो

म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनको सामान्य परिवारमा जन्मिएका प्रकाश सानै उमेरदेखि गायनमा रुची राख्ने गर्नुहुन्थ्यो । उहाँले वि.स. २०७६ मा ‘सिमसिम प¥यो पानी…’ बोलको गीतमा स्वर भरेर सांगितिक क्षेत्रमा प्रवेश गर्नुभएको थियो ।

दुतराजले यसअघि सार्वजनिक गरेका ‘बैनी झ्यालैमा…’, ‘घर कता हो बैनीको…’, ‘जाम भो माइली…’, ‘मन भुल्छ…’, ‘जुन माया…’ शिर्षकका गितले पनि राम्रो चर्चा पाएका थिए । सबै गितमा स्वर दिनुभएका दुतराजले अधिकांशमा अभिनय पनि गर्नुभएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...