बालगृहमा सामुहिक भाइटिका

Gandaki Pardesh notice


बेनी, ः यमपञ्चकको पाँचौ तथा अन्तिम दिन बुधबार म्याग्दीको बेनी स्थित बालगृहमा रहेका अनाथ बालबालिकाहरुले सामुहिक भाइटिका लगाएर मनाएका छन् ।

नेपाल बाल संगठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका बालबालिकाहरुले एक आपसमा टिका र माला लगाएर तिहार मनाएका हुन् । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा जन्मिएर हाल हङकङमा बसोबास गर्नुहुने कर्ण पुनको सहयोगमा बालगृहमा सामुहिक भाइटिका कार्यक्रम आयोजना गरिएको हो ।

Bhautik ministry notice about road

बालगृहमा रहेका बालबालिकाहरुलाई तिहार निरश नबनोस भनेर सामुहिक भाइटिका कार्यक्रमका लागि सहयोग गरिएको पुनले बताउनुभयो बताउनुभयो । म्याग्दी बालगृहमा हाल ९ जना बालबालिका आश्रित छन् । अभिभावक बिहिन बालबालिकालाई बालगृहलाई आश्रयका साथै माध्यमिक तहसम्मको पठनपाठनको ब्यवस्था मिलाएको छ ।

Shreekrishna hardwear in news

नेपाल बाल संगठन म्याग्दीका अध्यक्ष राजेश शाक्यले बालगृहमा सामुहिक भाइटिका आयोजना गर्न पुजा सामग्री, मिठाई लगायत खानाका परिकारको ब्यवस्था गर्ने पुनलाई धन्यवाद दिनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...