बादुक बासीको फेरिएको सूचना आदान प्रदानको शैली

Gandaki Pardesh notice

बादुक, म्याग्दीको रघुगंगा गाउँपालिका–१ वादुकका गोपाल खड्काथोकीले विदेशमा रहेका आफन्त देखि छिमेकीहरुलाई भिडियो कलबाट सूचना आदानप्रदान र कुराकानी गर्न थाल्नुभएको छ ।

सोही गाउँका ६० वर्षीय चुकबहादुर शेरपुञ्जाले पनि एनड्रोइड फोन र इन्टरनेटको सुविधा भएपछि सूचना आदानप्रदानको परम्परागत शैली परिवर्तन गर्नुभएको छ । “गाउँमा सूचना प्रवाह गर्नुपर्दा पहिले कटुवाललाई घोक हाल्न (चिच्याउन) लगाउने चलन थियो,” बादुकको श्रीकृष्ण आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका शेरपुञ्जाले भन्नुभयो “अहिले फेसबुकको ग्रुप र पेजमा सूचना राख्ने गरिएको छ ।”

इन्टरनेट भएपछि सस्तो र सजिलो रुपमा देश विदेशमा रहेका आफन्त, साथीभाईसँग कुराकानी र सूचना आदानप्रदान गर्न पाएको खड्काथोकीले बताउनुभयो । “हामी सानो हुदाँ विदेशबाट म घर आउदैछु भनेर चिठी पठाउने व्यक्ति एक महिनामा चिठी भन्दा पहिले घर आइपुग्ने अवस्था थियो,” उहाँले भन्नुभयो “अहिले विश्वको जुनकुनै ठाउँमा भएकालाई पनि भिडियो कलमा अनुहार हेरेर कुराकानी गर्न पाइएको छ ।”

Shreekrishna hardwear in news

वादुकका बासिन्दाले सामुहिक रुपमा सबै घरमा इन्टरनेट जडान गरी प्रविधिमैत्री गाउँ बनाउने अभियान चलाएपछि सुचना आदानप्रदानको शैली फेरिएको हो । स्वदेश तथा विदेशमा रहेका बादुकबासीहरुले करिब रु. आठ लाख जुटाएर इच्छुक ५० वटा घरमा इन्टरनेट जडान गरिएको स्थानीय लोकेन्द्र गर्बुजाले बताउनुभयो ।

Bhautik ministry notice about road

“वादुकका दुई तिन वटा बाहेक सबै घरमा सामुहिक रुपमा इन्टरनेट जडान भएको छ,” उहाँले भन्नुभयो “अर्मपर्म, भेला, बैठक देखि बिवाह, छेवारको निम्ता गर्न पनि फेसबुक च्याट ग्रुप र पेजलाई प्रयोग गरेका छौ ।” बादुकमा जन्मिएर हाल बेलायतमा बसोबास गर्नुहुने अर्जुन तिलिजाको अगुवाईमा ‘बेगखोला न्युज’ नामको फेसबुक पेज सञ्चालन भएको छ ।

सो पेजमा बेगखोलामा हुने हरेक गतिबिधिको सूचना राखिन्छ । कुनै विषयमा बहस र छलफल हुन्छ । विकास निर्माण र सामाजिक कामको लागि सुझाव संकलन गर्न तथा भएका गतिबिधिको प्रचारप्रसार गर्न सोही फेसबुक पेजको प्रयोग गरिएको वडा अध्यक्ष बिलबहादुर फगामीले बताउनुभयो ।

वादुकमा इन्टरनेट जडानका लागि संकलित रकम मध्य तार, राउटर र जडान खर्चबाट बचेको रु. एक लाख पचास हजारको कोषमा राखिएको छ । प्रतिघर रु. दुई हजार आठ सय शूल्क तिरेर इन्टरनेट जडान गरेका थिए । मासिक रु. ७५० शूल्क उठाउने गरिएको वादुक इन्टरनेट अभियानका नगेन्द्र गर्बुजाले बताउनुभयो ।

समाचारका लागि सञ्चार माध्यममको अनलाइन, फेज र युट्युव च्यानलबाट समाचार सुन्ने, हेर्ने र पढ्ने गर्दछन् । युट्युवमा आफूलाई मन पर्ने गित, चलचित्र हेरेर जेष्ठ नागरिकले रमाइलो गर्दछन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...