चार वर्षपछि खुुल्यो कोरला नाका

Gandaki Pardesh notice

बेनी, मुस्ताङको लोमान्थाङ गाउँपालिका स्थित कोरला नाका चार वर्षपछि सोमबारदेखि खुुलेको छ ।

चीनको धोङवासेन काउन्टी पार्टी सचिव साओएई, काउन्टी म्याजेस्ट्रेड लुवु सिरेन, सहायक काउन्टी तहका सबै कार्यकर्ता, कस्टम्स भन्सार, सीमा निरीक्षण, परराष्ट्र मामिला कार्यालय, जन सुरक्षा ब्यूरो, वाणिज्य ब्यूरो, सीमा नियन्त्रण र बन्दरगाह व्यवस्थापन समितिका अधिकारीहरुको उपस्थितिमा दिउँसो ११ बजे नाका खोलिएको थियो ।

नाका उद्घाटन कार्यक्रममा नेपाल तर्फबाट प्रतिनिधि सभा सदस्य योगेश गौचन थकाली, गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री दिपेन्द्रबहादुर थापा, पोखरा महानगरपालिकाका प्रमुुख धनराज आचार्य, प्रदेश सांसद नम्बु गुरुङ, प्रमुख जिल्ला अधिकारी जनकराज पन्त उपल्लो मुस्ताङको लोघेकर र लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधिहरु लगायतको उपस्थित रहेको थियो ।

Shreekrishna hardwear in news

दुवै सररकारका प्रतिनिधिहरुको उपस्थितिमा नाका खोलिएको हो । कोरला नाकाको ढोका खुल्ला भएको पहिलो दिन चिनले लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका बासिन्दाहरुलाई एक लाख किलोग्राम खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोग्य सामग्री उपहार दिएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वुु गुुरुङले बताउनुुभयो ।

लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाहरु परिचयपत्रको आधारमा आवत जावत गर्न थालेका मुुस्ताङका प्रमुुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुुभयो । प्रधानमन्त्री पुुष्पकमल दाहाल (प्रचण्ड)को असोज पहिलो साता भएको भ्रमणका क्रममा चिनले कोरला लगायत नेपालका १४ वटा व्यापारिक नाका सञ्चालनको तयारी गरेको जनाएको थियो ।
मुस्ताङ र चिनको स्वशासित क्षेत्र ढोङवासेनका जनप्रतिनिधि तथा सुरक्षा अधिकारीहरुबीच नाका सञ्चालन र व्यवस्थापनका विषयमा चार पटक वार्ता भएको थियो । कोरोना महामारी फैलिएपछि वि.स. २०७६ देखि कोरला नाका पूर्ण रुपमा बन्द भएको थियो । त्यसअघिको वर्ष कोरला नाकामा वर्षमा दुई पटक अन्तरदेशिय ब्यापार मेला हुने गरेको थियो ।

कोरला नाका सञ्चालनको तयारीका क्रममा लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका एक हजार जना सर्वसाधारणलाई ‘नेपाल चिन सिमा क्षेत्रका बासिन्दाका लागि प्रस्थान प्रवेश अनुुमतिपत्र’ वितरण गरिएको छ ।

Bhautik ministry notice about road

“प्रवेशपास भएका नागरिकहरु जुुनसुुकै समयमा पनि चिन जाने आउने सुविधा पाउनेछन्,” प्रजिअ पन्तले भन्नुुभयो “कोरला नाकाको नजिकै नेपाली भूूमिमा अस्थायी संरचना बनाएर सुुरक्षाकर्मीको नियमित उपस्थितिको व्यवस्था मिलाइएको छ ।”

नेचुङ शसस्त्र प्रहरी बलको (विओपी)को भवन निर्माण भएको छ । जोमसोम देखि कोरला नाकासम्म दुई लेनको कच्चि सडकको पहुँच पुगेको छ । चिनले नाकासम्म पक्कि सडक र सुविधा सम्पन्न भवन बनाएको छ ।

सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमिको प्रयोग गरेर विद्रोहमा उत्रिएका थिए । सोही विद्रोहका कारण वि.स. २०३२ देखि कोरला नाका आवत–जावतमा कडाइ गरिएको थियो ।

वि.स. २०५८ सालसम्म रोकतोक नरहेको सीमा २०५९ देखि चीनले तारबार गरेर मेला बाहेकको अवधिमा बन्द गर्दै आएको छ । मुुस्ताङका बासिन्दाहरुलाई दैनिक उपभोग्य, निर्माण सामग्री, लत्ताकपडा लगायत सामग्री सस्तोमा आयात गर्न पाएका लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले जानकारी दिनुभयो ।

लोमान्थाङका जनप्रतिनिधि र सशस्त्र बोर्डर आउट पोष्ट (बिओपी)को रोहबरमा दुुई दिनअघि चीनले दशगजा क्षेत्रको नेपाली भूमीमा पाँच वटा प्रिफेव कन्टेनर जडान गरिएको छ । कोरला नाकाको चिनतर्फ स्थायी संरचना छन । नेपालमा थिएन् ।

चार हजार मिटर भन्दा बढी उचाइको नाकामा नेपाली सुुरक्षाकर्मी र भन्सारका कर्मचारीका लागि नेपालको अनुुरोधमा चिनले प्रिफेव कन्टेनर उपलब्ध गराएर जडान गरिएको हो । चार वटा खाट राख्न सकिने कन्टेनरभित्र १० जनासम्म अटाउन सक्छन् ।

चीनले उपलब्ध गराएको कन्टेनरमा सुरक्षा निकायको टोली र कोरलानाका जाने पर्यटक प्रतिकुल मौसम हुँदा आश्रय लिन सक्नेछन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...