हटिया–ताराखोला सडक अलपत्र पारेका ठेकेदार काममा नफर्किए कालोसूचीमा राखेर कारबाहीको तयारी गरेका छौ–मन्त्री जुुग्जाली

Gandaki Pardesh notice

अर्गल, । गण्डकी प्रदेश सरकारका भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुुर जुुग्जालीले अलपत्र अवस्थामा रहेका बाग्लुुङको गल्कोट–हरिचौर–हिल–तारा हुुदै म्याग्दीको रुपमा जोड्ने सडकका ठेकेदारलाई काम फर्काउन मन्त्रालय तहबाट पहल गरिएको बताउनुु भएको छ ।

अर्गल सांस्कृतिक विकास मञ्चले ऐतिहाँसिक भुुस पोल्ने पर्वको अवसरमा आइतबार ताराखोला गाउँपालिकाको अर्गलमा आयोजना गरेको कार्यक्रममा मन्त्री जुुग्जालीले गल्कोट ताराखोला हुुदै म्याग्दीको रुम जोड्ने सडकको दोस्रो खण्डको काम पनि यसै आर्थिक वर्षमा ठेक्का लगाउने तयारी भएको जानकारी दिनुुभयो ।

“क्रोनिक अवस्थामा रहेको गलकोट देखि ताराखोलाको घुुस्मेली जोड्ने सडकका ठेकेदारलाई काममा फर्काउन मन्त्रालय तहबाट ताकेता गरेका छौ,” उहाँले भन्नुुभयो “काम अघि नबढाए कालोसूचिमा राखेर कारबाही गर्न सिफारिस र ठेक्का तोड्ने तयारी गरेका छौ । ठेकेदारले तिहार लगत्तै काममा फर्कने प्रतिवद्धता जनाएको छ ।”

Shreekrishna hardwear in news

गलकोटको गौदीखोला पुलदेखि गलकोट नगरपालिकाको कार्यालयअघि हुँदै ताराखोलाको घुुस्मेली सम्मको १० किलोमिटर सडक कालोपत्रका लागि लागि वि.स. २०७६ मा रु. २४ करोडमा ठेक्का सम्झौता गरेको खड्का–कृष्ण कन्ट्रक्सनले हालसम्म ३० प्रतिशत मात्र काम गरेको छ ।

सडक कालोपत्रेमा ढिलाइ हुँदा गलकोट नगरपालिका वडा नं ५ र ६ तथा ताराखोला गाउँपालिका वडा नं १ र ३ का बासिन्दाले सास्ती खेप्दै आएका छन् । मन्त्री जुुग्जालीले २४ किलोमिटर दुरीको गलकोट ताराखोला रुम रणनीतिक सडकको दोस्रो खण्डमा पर्ने घुुस्मेली करिमेला खण्डको सडक कालोपत्र सहित स्तरोन्नति गर्न चालुु आर्थिक वर्षमा रु. १५ करोडको ठेक्का आव्हान गर्ने तयारी भएको जानकारी दिनुुभयो ।

Bhautik ministry notice about road

“पहिलो खण्डलाई गति दिने र चालुु आर्थिक वर्षमा रु. तीन करोड बिनियोजन भएको दोस्रो खण्डका लागि रु. १५ करोड बराबरको ठेक्का लगाउन प्रदेश सरकारले छनौट गरेको छ,” मन्त्री जुुग्जालीले भन्नुुभयो “ताराखोलाकै रानीवासमा पक्कि मोटरेबल पुल बनाउन ठेक्का आव्हान हुुदैछ । यो पुुललाई यस वर्ष रु. एक करोड बीस लाख बिनियोजन भएको छ ।”

चालुु आर्थिक वर्षमा रु. पचास÷पचास लाख बजेट बिनियोजन भएको ताराखोलाको सहिद मार्ग र ताराखोलाको सिर्फुु हुुदै म्याग्दी जोड्ने सडक स्तरोन्नति लगायतका योजनालाई निरन्तरता दिने मन्त्री जुुग्जालीले प्रतिवद्धता जनाउनुुभयो ।

“घुुस्मेली हुुदै गाउँपालिकाको केन्द्र अर्गल जोड्ने सडक स्तरोन्नतिका लागि पनि प्रदेश सरकारले प्राथमिकता दिन्छ,” उहाँले भन्नुुभयो “स्थानीय रुपमा जग्गाको व्यवस्थापन गर्नुुहोस् । अर्गलको खेलमैदान विस्तार र पूर्वाधार निर्माणका लागि बजेट व्यवस्थापन गरिनेछ् ।”

ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुुर बिक (हिमाल)ले ताराखोलालाई केन्द्र बनाएर गलकोट नगरपालिका र म्याग्दी जोड्ने दुुई वर्षअघिनै सम्पन्न हुुुनुुपर्ने रणनीतिक सडक निर्माणलाई गति दिन ठेकेदारलाई काममा फर्काउन प्रदेश सरकारसँग समन्वय र सहजिकरण गरिएको बताउनुुभयो ।

अध्यक्ष बिकले प्रदेश सरकारको भौतिक मन्त्रालयबाट चालुु आर्थिक वर्षमा ताराखोलाका १२ वटा योजनाका लागि रु. एघार करोड बजेट भित्रिएको जानकारी दिनुुभयो । ताराखोला गाउँपालिकाका पुुर्व अध्यक्ष प्रकाश घर्तिले पाँच सय वर्ष पुुरानो भुुस पोल्ने पर्वको महत्व र विशेषताको बारेमा जानकारी गराउनुुभयो ।

ताराखोलाको मितेरी गुुल्मीको धुुर्कोट गाउँपालिकाका अध्यक्ष भुुपाल पोखरेलले स्थानीय तहको असल अभ्यासको अनुुभव आदानप्रदान गर्न मितेरी सम्बन्ध गाँसिएको बताउनुुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...