म्याग्दीका कोरोना संक्रमितको पोखरामा मृत्यु

Sinchai Khanipani notice

बेनी । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत म्याग्दीका एक जना कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ ।

धवलागिरी गाउँपालिका–७ का ८५ वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार राती ८.२५ बजेको समयमा मृत्यु भएको प्रतिष्ठानद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ । उहाँलाई असोज २९ गते कोरोना पुष्टि भएपछि प्रतिष्ठानको आइसीयुमा भर्ना गरेर उपचार गरिएको थियो ।

मृतक वृद्धमा कोरोना पोजेटिभका साथै फोक्सोमा निमोनिया र मृगौलामा पनि समस्या देखिएको थियो । केन्द्रमा ज्यान गुमाउनेमा उहाँ १५ औ व्यक्ति हुनुहुन्छ । असोज अन्तिम साता स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई उपचारका लागि पोखरा लगिएको थियो ।

Shreekrishna hardwear in news

अस्पताल भर्ना गर्ने क्रममा पिसिआर परिक्षण गर्दा उहाँलाई कोरोना पोजेटिभ पुष्टि भएको थियो । उहाँलाई अस्पताल लिएर जानुभएका परिवारका सदस्यको रिपोर्ट भने नेगेटिभ देखिएकाले उहाँ पोखरामै संक्रमित भएको बताइएको छ ।

Bhautik ministry notice about road

यसैगरी मंगलबारनै बेनी अस्पतालका एक जना चिकित्सकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालमा उपचार गराउन आएका कोरोना संक्रमित व्यक्तिको कन्ट्याक ट्रेसिङमा परेका चिकित्सकमा संक्रमण पुष्टि भएको हो । अस्पतालमा उपचारका लागि आएका बिरामीमा कोरोना पुष्टी भएपछि कन्ट्रयाक्ट ट्रेसिङमा परेका चिकित्सकले पोखरामा स्वाव दिएर होम क्वारेनटाइन बसेका थिए ।

कोरोना संक्रमणको लक्षण सहित असोज २६ गते अस्पतालको ओपिडी सेवामा उपचारका लागि पुगेका पर्वतको जलजला गाउँपालिका–३ का ४९ बर्षिय पुरुष र रघुगंगा गाउँपालिका–५ स्थित रघुगंगा हाइड्रोपावर लिमिटेडमा कार्यरत ४३ बर्षिया पुरुषलाई कोरोना देखिएपछि कन्ट्रयाक्ट ट्रेसिङमा परेका चिकित्सकले आफै पोखरामा पुगेर पिसीआर परिक्षणको लागि नमुना संकलन गराएका थिए ।

अस्पतालको ओपिडी (बहिरङ्ग) सेवामा उपचारका लागि पुगेका दुई जनामा कोरोना पुष्टी भएपछि ३८ जनाको स्बाब संकलन गरिएकोमा पिसिआर रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । कन्ट्रयाक्ट ट्रेसिङमा परेका स्बास्थ्यकर्मी अस्पतालभित्रै क्वारेन्टाइनमा रहेको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभएको छ ।

म्याग्दीमा पहिलोपटक स्वास्थ्यकर्मीमा समेत कोराना देखिएको र अस्पतालमा उपचारका लागि आउने व्यक्तिहरुमा समेत संक्रमणको जोखिम बढेको छ । अस्पताल विकास सििमतले अति आवश्यक उपचार बाहेक अस्पतालमा नआउन अपिल गरेको छ । अस्पताल र बजार क्षेत्रमा अत्याबश्यक काममा स्वास्थ्य मापदण्डलाई पालना गरि आउन र अन्य सामान्य कामका लागि आवत जावत नगर्न अपिल गरिएको छ । म्याग्दीमा अहिलेसम्म ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये जिल्लाबाटै स्वाब संकलन गरि पठाईएका नमुनाबाट ६८ जना र अन्य बाहिर गएर पीसीआर परिक्षण गराएकाहरुमा कोरोना पुष्टि भएको हो । बेनीको आइसोलेसनमा अहिले १५ जनाले उपचार गराइरहेका छन भने एक जना बच्चा सहितको आमा भएकाले स्वास्थ्यकर्मीको निगरानीमा होम आइसोलेसनमा राखिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...