आयुर्वेद कार्यालय परिसरमा धनवन्तरीको मुर्ति अनावरण

Add Samajik bikash office

बेनी, ः जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको कार्यालय परिसरमा आयुर्वेदका प्रवृद्र्धक धनवन्तरीको मुर्ति स्थापना गरिएको छ ।

राष्ट्रिय आरोग्य दिवसको अवसरमा शनिबार बिहान जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष जिवनबहादुर विश्वकर्माले धनवन्तरीको मुर्ति अनावरण गर्नुभएको हो । गण्डकी प्रदेश सरकारको रु. एक लाख बजेटमा आयुर्वेद कार्यालय परिसरमा धनवन्तरीको मुर्ति स्थापना गरिएको छ ।

कार्यक्रममा बेनी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष उत्तम कुमार कर्माचार्यले जडिवुटीलाई औषधीको रुपमा प्रयोग गर्न सकिने तथ्य पहिचान गर्नुभएका धनवन्तरीको ज्ञान आधुनिक समाजमा पनि उपभोगी रहेको बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

पण्डित भिमनाथ पराजुलीले धनवन्तरीले समुन्द्र मन्थन गरेर जडिवुटी मार्फत औषधी पहिचान गर्नुभएकाले हरेक वर्ष काग तिहारको दिन धनवन्तरी जयन्ती मनाउने गरिएको र यसलाई नेपाल सरकारले पनि मान्यता दिएको बताउनुभयो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख दामोदर शर्मा र वैद्य निरिक्षक प्रेमप्रसाद गौतमले वार्षिक बजेट तथा कार्यक्रममा नभएपनि अन्य स्रोतबाट व्यवस्थापन गरेर धनवन्तरी जयन्ती मनाइएको बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...