बीआरआई कार्यान्वयन गर्न स्थानीय अव्स्था, संचार र क्षेत्रीय सरोकार महत्त्वपूर्ण : उप्रेती

Gandaki Pardesh notice

वरिष्ठ, राजनीतिज्ञ सोभित उप्रेतीले चीनको युनान प्रान्तमा आयोजित ” शेयरिङ द एचिभमेन्ट अफ वेल्ट एन्ड रोड फोरम” मा सम्बोधन गरेकाछन् । नेपालसहित एशियाका ११९ पार्टीका प्रतिनिधि सहभागी सो कार्यक्रममा उनले नेपालकातर्फबाट सम्बोधन गरेका हुन् । ” मिडिया सिम्पोजियम” सत्रमा धारणा राख्दै उनले बीआरआईका लक्ष्य प्राप्त गर्न स्थानीय अवस्था, क्षेत्रीय देशहरुको विशेषता र सरोकारका आधारमा संचार रणनीति अपनाउनुपर्ने बताए । उनका अनुसार स्थानीय अवस्थाको कुरा गर्दा प्रत्येक क्षेत्रको अद्वितीय संस्कृति, आर्थिक र राजनीतिक पक्षहरुलाई ध्यान दिनुपर्नेछ । यी अवस्था ठाउँ अनुसार भिन्न हुन्छन् । स्थानीय जनतालाई बीआरआईका फाइदा र अवसरबारे बुझाउनु पर्दछ । यसका लागि संचार विधिको उपयोग अपरिहार्य छ । स्थानीय जनसंख्या मिल्दो अनुकुल दृष्टिकोण प्रयोग गर्नुपर्दछ । यसका लागि स्थानीय भाषा प्रयोग गर्ने, साँस्कृतिक परम्पराको सम्मान गर्ने, प्रत्येक क्षेत्रका मानिसको विशेष आवश्यकता र सरोकारलाई सम्बोधन गर्नुपर्दछ । त्यस्तै क्षेत्रीय देशहरुको चासोलाई स्वीकार गर्नुपर्ने विषय पनि उनले उठाएका छन् । क्षेत्रीय देशहरुका फरकफरक प्राथमिकता र आशंका हुन्छन । यी देशहरुसंग वार्तामा बस्न, उनीहरूको प्रतिकृया सुन्न र तीनिहरुका सरोकारलाई सम्बोधन गर्न हिच्किचाउन हुँदैन । कार्यक्रममा नेपालबाट उप्रेतीसहित पूर्व प्रधानमन्त्री माधव नेपाल, मन्त्री डा बेदुराम भुषाल र काँग्रेसका राजन केसी सहभागी थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...