म्याग्दीमा झाँक्री सहित पाँच जनालाई सम्मान

Gandaki Pardesh notice

बेनी, ः म्याग्दीका एक जना झाँक्री सहित पाँच जना सर्जक÷कलाकारहरुलाई शुक्रबार बेनीमा सम्मान गरिएको छ ।

लोकवार्ता परिषद् नेपालको १२ औ सङ्गोष्ठीको अवसरमा म्याग्दी बहुमुखी क्याम्पसमा भएको कार्यक्रममा फरक फरक विधाबाट म्याग्दीलाई चिनाउन योगदान गरेका व्यक्तित्वहरुलाई सम्मान गरिएको हो ।

इतिहाँसकार कर्णबहादुर बानिया, अमृत संस्कृति झाँक्री परम्पराका संरक्षक थाइला झाक्रीका नामले परिचित यमबहादुर पुर्जा, थाली नाच नाच्ने पहिलो कलाकार हरिमाया पुन र लोक गायिका धनकुमारी थापालाई सम्मान गरिएको थियो ।

Shreekrishna hardwear in news

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले प्रशंसापत्र प्रदान र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । जनजीवनमा प्रचलित संस्कृति, लोककला, साहित्य, संस्कार, रितिथीति आदि परम्परागत ज्ञानको अध्ययन र संरक्षणमा योगदान पु¥याएका व्यक्तित्वहरुलाई लोकवार्ता विशेष समितिको निर्णय अनुसार सम्मान गरिएको कार्यक्रम संयोजक प्रतिभा पुनले जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

थालीनाचकी सर्जक हरिमाया डेनमार्क रहनुभएकाले उहाँकी छोरी अनिता श्रीस थापालाई प्रशंसापत्र प्रदान गरिएको थियो । यानीमायाँ लोकभाकाको सर्जक लालदेवी गर्बुजालाई मालिका गाउँपालिका–७, बिममा बुधबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई र गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले सम्मान गर्नुभएको थियो ।

सम्मानित इतिहासकार बानियाँले सम्मानका लागि छनौट गरेकोमा आयोजकलाई धन्यवाद दिनुभयो । मौलिकता बोक्ने सांस्कृतिहरुको उत्थानमा सक्रिय रहेको लोकवार्ताको सङ्गोष्ठी ७ प्रदेशका प्राज्ञिक व्यक्तित्वहरूको उपस्थितिमा म्याग्दीको मालिका गाउँपालिका–७ बिम, अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडा र म्याग्दी बहुमुखी क्याम्पसमा आयोजना गरिएको थियो ।

लोक वार्ताका सामग्रीको सङ्कलन, संरक्षण, संवद्र्धन, अध्ययन, विश्लेषण, प्रचारप्रसार र प्रकाशन गर्नु, जातजाती, धर्म तथा भाषाभाषीको पारस्परिक सद्भाव लोकवार्तासँग सम्बद्ध राष्ट्रिय अन्तर्राष्ट्रिय विद्वान् तथा संघ–संस्थाबीचको सम्बन्धमा गाढा तुल्याउन सफल भएको परिषद्ले जनाएको छ ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा आयोजित उक्त सङ्गोष्ठीको सह–आयोजकमा जनकवि केशरी धर्मराज–सावित्री थापा प्रतिष्ठान र प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड रहेको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...