काभ्रेभिरमा मोटरसाइकल सहित खसेका पर्यटकको मृत्यु

Gandaki Ghumau

बेनी, ः बेनी–जोमसोम सडक अन्तरगत म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरबाट खसेर एक जना पर्यटकको मृत्यु भएको छ ।

म्याग्दीबाट मुस्ताङतर्फ जादै गरेका जर्मनका नागरिक मनड्रड बिको मोटरसाइकल सहित भिरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

Gunasthariya Shiksya

प्रहरी नायव उपरीक्षक मदन कुँवरका अनुसार बिहिबार अपराहन्न मोटरसाइकल सहित खसेका मनड्रडको भिरमा अड्किएको अवस्थामा राती उद्दार गरिएको हो । “अक्करे भिरको फेदीमा रहेको कालीगण्डकीको खोचमा खसेको मोटरसाइकलको नम्बर खुलेको छैन,” उहाँले भन्नुभयो “भिरमा अड्किएका मनड्रडलाई उद्धारका लागि गएको टोलीले मृत भेटाएको थियो ।”

Shreekrishna

बागलुङबाट नेपाल प्रहरीको विपद्को तालिमप्राप्त टोली र शसस्त्र प्रहरीको २० जनाको टोली सामग्रीसहित उद्धारमा खटिएका थिए । मुस्ताङबाट नेपाली सेनाका १५ जना आएका थिए । रातीको समयमा रसिमा झुण्डीएर पर्यटक अड्किएको ठाउँमा पुगेर सुरक्षाकर्मीहरुले उनलाई उद्धार गरेका हुन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...