जलजलामा बजार अनुगमन

Gandaki Pardesh notice

बेनी, । पर्वतको जलजला गाउँपालिकाले बुधबार बजार अनुगमन गरेको छ ।

वारीबेनी र मिलनचोकका १६ वटा पसलमा अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ । चार वटा खुद्रा, ३ वटा होटल, ६ वटा डेरी र मासु पसलको अनुगमन गरिएको थियो ।

म्याद नाघेका, अखाद्य बस्तुको बिक्री बितरण नियन्त्रण, व्यवसायीलाई सचेत र जिम्मेवार तथा उपभोक्तामा जागरण ल्याउन बजार अनुगमन गरिएको जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

अनुगमन टोलीले किराना पसलहरुमा मूल्यसूचि राख्न निर्देशन दिएको छ । होटल, मासु र डेरी पसलको सरसफाई गर्न निर्देशन दिएको उपाध्यक्ष आचार्यले बताउनुभयो ।

उपाध्यक्ष आचार्यको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेल, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, उद्योग वाणिज्य संघ जलजला, पत्रकार र सुरक्षाकर्मीहरुको उपस्थितिमा अनुगमन गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...