विकास संस्कृतिमैत्री हुनुपर्छ -कुलपति राई

Gandaki Pardesh notice

बिम ः म्याग्दीको मालिका गाउँपालिका–७ बिममा बुधबार लोकवार्ता परिषद् नेपालको १२औँ सङ्गोष्ठी भएको छ ।

नेपाली जनजीवनमा प्रचलित संस्कृति, लोककला, साहित्य, संस्कार, रीतिथीति आदि परम्परागत ज्ञानको अध्ययन र संरक्षणको उद्देश्यले नेपाल प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गरेर लोकवार्ता परिषद् नेपालले कार्यक्रम आयोजना गरेको हो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा आयोजित उक्त सङ्गोष्ठीको सह–आयोजकमा जनकवि केशरी धर्मराज–सावित्री थापा प्रतिष्ठान र प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड रहेको छ । म्याग्दीको धवलागिरी, मालिका र मंगला गाउँपालिकासँगको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो ।

Shreekrishna hardwear in news

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले विकास संस्कृतिमैत्री हुनुपर्ने बताउनुभयो । “संकृतिमैत्री विकास मात्रै जनतासँग सम्बद्ध हुन्छ । डाडाकाडा, फुल, पात, जंगल, खोला, नाला, माटो, ढुंगानै हाम्रो इतिहाँसको कडि हुन,” उहाँले भन्नुभयो “विकासको संरचना बनाउने क्रममा पुर्खाहरुले बचाएका भौतिक, प्राकृतिक सम्पदाहरु जस्ताको तस्तै सुरक्षित राख्न सकेमा मात्र जनतासँग सम्बद्ध विकासको अवधारणाले सार्थकता पाउँछ ।”

हजारौँ वर्षदेखि मानव पूर्खाले आर्जन गरेका ज्ञान, जीवन दृष्टिकोण र सङ्घर्षका कथाहरु नै लोकवार्ता भएको प्रज्ञा राईले बताउनुभयो । “नेपालका जातजाति र भाषाभाषीमा प्रचलित लोकआख्यान र लोकवार्ताको खोजी तथा संरक्षण गर्न प्रज्ञाहरु गाउँगाउँमा अभियान थालेका छौ,” उहाँले भन्नुभयो “देशको अवलम्बन गर्ने संस्कृति नीतिमा मौखिक ज्ञान, परम्परा र मौलिक दर्शनलाई स्थान दिनुपर्छ ।”

कुलपति राईले ‘सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान’ भन्ने आदर्श वाक्यलाई आत्मसाथ गर्दै प्रतिष्ठानलाई सबै नेपालीको प्रिय र साझा संस्थाका रुपमा स्थापित गरिने बताउनुभयो । लोकवार्ता सङ्गोष्ठीमा हुने बहस र छलफलको निचोडलाई ज्ञानका रुपमा समुदायमा प्रसारित गर्न पुस्तक प्रकाशन गरिने लोकवार्ता परिषद्का कार्यक्रम संयोजक प्रतिभा पुनले बताउनुभयो ।
“प्राज्ञिक तथा विद्धान व्यक्तित्वहरुबाट लोकवार्ताका विविध विषय र आयामबारे कार्यपत्र प्रस्तुत भएको छ”, उहाँले भन्नुभयो, “सङ्गोष्ठीको अवसरमा बिमको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र प्रभुचेला धुरीको स्थलगत अध्ययन भ्रमण गरेका छौ ।”

सङ्गोष्ठीमा विद्धान तथा विषयविज्ञहरुद्वारा ९ वटा कार्यपत्र प्रस्तुत गरिएको छ । बेगप्रसाद गर्बुजाले ‘खानी र छन्त्याल समूदाय’, दिल बिक्रमले ‘लिम्बुवानीको भाषा’, मेजन पुनले ‘बेगखोलामा प्रचलित भिमसेन पुजा’, भुवनेश्वर पनेरुले ‘रानीमौलाको भारतको विष्लेषण’, डा. यज्ञश्वर निरौलाले ‘पुनमगर समुदायको भाषिक अवस्था’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

यसैगरी राजेन्द्रकुमार आचार्यले ‘लुटे संक्रान्ति र यसलाई मनाउने बिधी’, सितल गिरीले ‘योगी सम्प्रदाय र आदर्श’, डा. गणेश प्रसाद घिमिरेले ‘लोकदोहोरीमा शृङगार रस’, मनोहर लामिछानेले ‘सिंजाहरुको इष्ट प्रथा, नेपालगञ्जको खसयारी’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको जनकवी धर्मराज–सावित्री थापा स्मृति प्रतिष्ठानका सचिव मदनराज थापाले जानकारी दिनुभयो ।
कार्यपत्रमाथि भएको बहस तथा समीक्षापछि आएको निचोडलाई पुस्तकका रुपमा प्रकाशन गरिने नेपाल लोकवार्ता परिषद्का सचिव मनोहर लामिछानेले बताउनुभयो । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले इतिहास र संस्कृतिको जगेर्नामा यस किसिमका कार्यक्रमले मद्दत पुग्ने धारणा राख्नुभयो ।

Bhautik ministry notice about road

लोक संस्कृति र परम्पराको खोज तथा अन्वेषणमा परिषद्ले चलाएको लोकवार्ता सङ्गोष्ठीको श्रृङ्खला प्रशंसनीय रहेको धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । मंगला गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी अधिकारीले सङ्गोष्ठीले म्याग्दीको सभ्यता र संस्कृतिको अध्ययन÷अनुसन्धानमा विद्धान तथा खोजकर्ताहरुलाई प्रेरित गर्ने विश्वास गरेको बताउनुभयो ।

विभिन्न जातजातिको संस्कृति, जीवनशैली, धार्मिकस्थल, प्राकृतिक सम्पदा, कला, साहित्य आदिको उत्थान र संरक्षणमा महत्वपूर्ण टेवा पुग्ने बिमको किसानी माविका प्रअ जंगबहादुर गर्बुजाले बताउनुभयो ।

लोकवार्ता परिषद्ले सम्बन्धित विषयका विज्ञहरुलाई लोकवार्ताका विविध विषयमा अध्ययन अनुसन्धान गर्न लगाई तिनबाट आउने निचोडलाई पुस्तकका रुपमा प्रकाशन गर्दै आएको छ । परिषद्ले बर्सेनि विभिन्न जिल्लामा पुगेर लोकवार्ता सङ्गोष्ठी गर्ने गरेको परिषद्का अध्यक्ष प्रा डा प्रेम खत्रीले बताउनुभयो ।

“खोज, अनुसन्धान र प्राज्ञिक विषयसँग सम्बन्धित राष्ट्रियस्तरको कार्यक्रम भएको हुँदा लोकवार्ता सङ्गोष्ठीले छुट्टै महत्व र गरिमा बोकेको छ”, उहाँले भन्नुभयो, “परम्परागत ज्ञानको खोजी र संरक्षणले नै हाम्रो पहिचान स्थापित हुनेमा परिषद् विश्वस्त छ, त्यही अभियानमा हामी क्रियाशील छौँ ।”

सङ्गोष्ठीमा नेपाल प्रज्ञा प्रतिष्ठानका पदाधिकारी, विभागीय प्रमुख, लोकवार्ता परिषद्का पदाधिकारीसहित देशका विभिन्न ठाउँबाट आउनुभएका प्राज्ञिक व्यक्तिहरुको सहभागीता रहेको छ ।

सोही समारोहमा मेजन पुनद्धारा लिखित पुस्तक ‘धौलासिरी’को प्रज्ञा राईले बिमोचन गर्नुभएको थियो । बिमको सोरठी, पुख्यौली, थाली नाच, हिलापोखरीको नौमति बाजा प्रस्तुत गरिएको थियो ।

यसअघि बाग्लुङमा सोमबार र गलकोटमा मंगलबार कार्यक्रम गरेको परिषद्ले बिहिबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा रहेको करबाकेलीमा संङ्गगोष्ठी गर्ने जनाएको छ । शनिबार बेनीको म्याग्दी बहुमुखी क्याम्पसमा संङ्गगोष्ठी हुने भएको छ । कार्यक्रमको सञ्चालन पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...