अदिभारा र अर्जेखोलामा मोटरेबल पुलको ठेक्का सम्झौता

Gandaki Kotihome

बेनी, । गण्डकी प्रदेश सरकारले म्याग्दीमा थप दुई वटा मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तरगतको पूर्वाधार विकास कार्यालयले मालिका गाउँपालिकाको अदिभारा र बेनी नगरपालिकाको वडा नम्बर ४ र मंगला गाउँपालिकाको वडा नम्बर ३ को सिमाना स्थित अर्जेखोला मोटरेबल पुल निर्माण हुन लागेको हो ।

मालिका गाउँपालिकाको वडा नम्बर ३ र ४ को सिमानामा रहेको अदिभारामा मोटरेबल पुल निर्माणका लागि बिमए कोण्डा जेभीसँग रु. चार करोड दश लाख ८३ हजारमा ठेक्का सम्झौता भएको कार्यालयले जनाएको छ ।

Upper Myagdi transmition line notice

अर्जेखोलाको पुल निर्माण गर्न प्रमान सारस जेभीसँग रु. तीन करोड ४१ लाख १६ हजारमा ठेक्का सम्झौता भएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख बिष्णु पौडेलले बताउनुभयो । गत असोज अन्तिम साता ठेक्का सम्झौता गरेका दुई वटै पुलको लम्बाई २५÷२५ मिटर र ठेक्का अवधी १८ महिना रहेको छ ।

रु. पाँच करोड चार लाख ३७ लाख लागत अनुमान गरिएको अदिभारा र रु. तीन करोड ४१ लाख १६ हजार लागत अनुमान गरिएको अर्जेखोला पुलका लागि चालु आर्थिक वर्षमा रु. एक करोड पचास लाख÷एक करोड पचास लाख बजेट बिनियोजन भएको थियो ।

Annapurna aarohan ko notice

मालिका गाउँपालिकाको अदिभारा खोलामा मोटरेबल पुल निर्माण स्थल निरिक्षण गर्नुहुदै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली । तस्विर रिखार

सम्झौतापछि कार्यस्थलमा परिचालनको तयारी गरेको निर्माण कम्पनीका प्रतिनिधिहरुले बताएका छन् । यसअघिका दुई वर्ष अर्थिक वर्षमा वार्षिक योजनामा समावेश भएपनि अदिभारा र अर्जेखोलाको पुलका लागि कुल लागत अनुमानको २० प्रतिशत भन्दा बढी बजेट बिनियोजन र स्रोत सुनिश्चितता नहुँदा निर्माण शुरु भएको थिएन् ।

”अघिल्लो दुई वर्षयता वार्षिक योजनामा समावेश भएका यी आयोजनाको कुल लागत अनुमानको २० प्रतिशत बजेट बिनियोजन हुन नसक्दा ठेक्का लगाउन सकिएको थिएन,” गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम जुग्जालीले भन्नुभयो “गत जेठमा बजेटको स्रोत सुनिश्चिता, क्रमागत र बहुबर्षे योजनामा समावेश गरेपछि योजनामा परेको तीन वर्षपछि ठेक्का प्रक्रीया अघि बढेको हो ।”

आर्थिक वर्ष २०७८÷७९ र चालु आर्थिक वर्ष २०७९÷८० मा रु. पचास÷पचास लाख बिनियोजन भएको थियो । अदिभारामा मोटरेबल पुल नहुँदा मालिका गाउँपालिकाको वडा नम्बर २ र ३ नम्बर वडाका बासिन्दालाई पालिकाको केन्द्र दरवाङ आउन जान समस्या भएको थियो ।

बर्खामा बाढी र नदीमा पानीको सतह बढ्दा यातायातको साधन सञ्चालन हुन सकेका थिएन् । मालिका–३ का वडा अध्यक्ष मोतिप्रसाद बुढाले पुल बनेपछि बाह्ै महिना नियमित यातायात सञ्चालन गर्न सहज हुने बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर २ र ५ को सिमाना भएर बग्ने कालीगण्डकी नदीमाथी पाउद्धार तातोपानी जोड्ने १५६ मिटर लामो झोलुङ्ग पुल निर्माणका पनि रु. एक करोड ५६ लाख बजेट व्यवस्थापन गरेर ठेक्का सम्झौता भइसकेको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...