बेनीको अस्पतालचोक–संगमचोक सडक मर्मत सम्पन्न

Gandaki Kotihome

बेनी, ः “खाल्डाखुल्डी परेको सडकले बेनी बजारलाई विकट जिल्लाको सदरमुकाम जस्तै बनाएको थियो,” बेनी नगरपालिका–८ का हरि सुवेदीले भन्नुभयो “मोटरसाइकल, स्कुटरमा हिडदा खाल्डोमा परेर दुर्घटना हुने डर थियो । अहिले पिच भएपछि सहज र सजिलो भएको छ ।”

बेनी नगरपालिकाको वडा नम्बर–८ को अस्पताल चोक देखि संगमचोक जोड्ने सडक मर्मत भएपछि दुर्घटनाको जोखिम घटेको, धुलोको समस्या हटेको, सवारी साधन तथा पैदलयात्रुलाई आवत जावत गर्न सहज भएको गणेशटोलका बिजुन केसीले बताउनुभयो ।

अस्पताल चोक देखि पिपलचोक, क्याम्पसचोक, गणेशटोल हुदै संगमचोक सम्मको सडक विस्तार, खाल्डाखुल्सी पुर्ने र ओभरले कालोपत्र गर्ने काम सकिएको छ । यसअघि गरिएको कालोपत्र उप्किएपछि सडकमा खाल्डाखुल्डी परेर दुर्घटनाको जोखिमका साथै आवत जावतमा समस्या भएको थियो ।

Upper Myagdi transmition line notice

सडकको क्षेत्राधिकार र नालीमाथी निर्माण भएका सिडि लगायत भौतिक संरचना पनि हटाइएको छ । सडकको तल्लो लाइनमा बेनी खानेपानीको पाइप विस्तारका क्रममा खाडल खन्दा सडक जिर्ण बनेको थियो । खाल्डाखुल्डी परेर कालोपत्र गरेपछि बजार सफा र सुन्दर भएको गणेशटोलका अच्युत श्रेष्ठले बताउनुभयो ।

Annapurna aarohan ko notice

बेनी नगरपालिकाका –८ का वडा अध्यक्ष उत्तम कर्माचार्यले वडा स्तरीय कार्यक्रम मार्फत एक महिनाअघि शुरु गरिएको सडक मर्मत कार्य सम्पन्न भएको जानकारी दिनुभयो । “अस्पतालचोक र क्याम्पसचोकमा ढलान गरिएको छ,” उहाँले भन्नुभयो “बजारक्षेत्रमा ५५० मिटर प्रिमिक्स प्रविधिको कालोपत्र गर्ने काम सकिएको छ ।”

रु. २९ लाख बिनियोजन भएको योजना मार्फत सर्वेक्षण गरिएको भन्दा बढी क्षेत्रफलमा काम गर्नुपर्दा लागत बढेर रु. ३५ लाख पुगेको र बाँकी बजेट हिउँदे सभा मार्फत व्यवस्थापन गर्ने निर्णय गरेको वडा अध्यक्ष कर्माचार्यले बताउनुभयो ।

तीन वटा चोक परेको अस्पताल र क्याम्पस चोकको घुम्ती साँघुरो भएकाले ढलान गरिएको हो । सडक मर्मतका लागि गणेशटोलका बासिन्दा कृष्णप्रसाद बरुवालको अध्यक्षतामा उपभोक्ता समिति गठन भएको थियो । प्रिमिक्स प्रविधिको कालोपत्रको आयु तीन देखि चार वर्षको हुनेगर्छ । अवधि सकिएपछि पिच उप्किने भएकाले ओभरले गरिएको हो ।

यसैगरी बेनी नगरपालिकाको वडा नम्बर ८ ले मुख्य सडक बाहेकका भित्रि गल्लीहरुलाई हिलो, धुलो, खाल्डाखुल्डीमुक्त र फराकिलो बनाउने योजनालाई निरन्तरता दिएको छ । यस वर्ष पिपलचोक, गणेशटोल देखि न्युरोड, दिदिबहिनी सहकारीटोल, फिल्महल र खानेपानी गल्लीको सडकमा पेभर ब्लक बिछ्याइएको छ ।

“यसअघिका बर्षमा सञ्चालन भएको भित्रि गल्लीहरुमा पेभर ब्लक राख्ने कामलाई यस वर्ष निरन्तरता दिन रु. सात लाख बजेट बिनियोजन गरिएको थियो । अपुग हुने भएपछि रु. दुई लाख थपेका छौ,” उहाँले भन्नुभयो “आगामी वर्ष बेनी नगरपालिकाको वडा नम्बर ८ का सबै गल्लीमा ढलान र पेभर ब्लक राखेर सकिन्छ ।”

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...