म्याग्दीका अल्पसंख्यकसँग प्रहरीको अन्तरक्रिया

Gandaki Pardesh notice

बेनी, । म्याग्दीमा बसोबास गर्ने अल्पसंख्यक छन्त्याल समुदायसँग सोमबार बेनीमा सुरक्षा अधिकारीहरुले छलफल गर्नुभएको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीको आयोजनामा अल्पसंख्यकसँग प्रहरी कार्यक्रम अन्तरगत छन्त्याल समुदायका प्रतिनिधि र प्रहरी अधिकारीहरुबीच अन्तरक्रिया गरिएको हो । कार्यक्रममा छन्त्याल समुदायका वर्तमान समस्या, सेवा प्रवाहमा परेका कठिनाई, शान्ति सुरक्षा, जिल्ला प्रहरी कार्यालयबाट प्रवाह हुने सेवाका बारेमा छलफल भएको थियो ।
प्रहरी नायव उपरीक्षक मदन कुँवरले अल्पसंख्यकको सम्बन्धमा भएका संवैधानिक र कानूनी व्यवस्थाको बारेमा जानकारी गराउदै हिसंसा, लागु औषधको कसुर र अनय कुनै किसिमका समुदायभित्र हुने अपराधका बारेमा सचेत रहन आग्रह गर्नुभयो ।
समुदाय र प्रहरीको पारस्पिरिक सम्बन्ध र समन्वय हुनुपर्ने, अल्पसंख्यक समुदायका मानिसहरुलाई जिल्ला प्रहरी कार्यालयबाट प्रवाह हुने सेवामा विशेष प्राथमिकतामा राखि भिजिटर प्रायोरिटी कार्डको व्यवस्था गरि कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...