म्याग्दीका जलविद्युत आयोजनामा मजदुरले ज्यान गुमाएको विषयमा उर्जा मन्त्रालयको चासो

Add Samajik bikash office

बेनी, ः म्याग्दी जिल्लामा निर्माणाधिन जलविद्युत आयोजनामा मजदुरहरुको मृत्युको विषयमा उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयले चासो व्यक्त गरेको छ ।

उर्जा, जलस्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेतले जलविद्युत आयोजना निर्माण स्थलमा मजदुरहरुको मृत्युको विषयमा चासो दिएर अध्ययन टोली गठन गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

मन्त्रालयका सिनियर डिभिजन ईञ्जिनियरको नेतृत्वमा विद्युत विकास र मन्त्रालयका दुई जना ईञ्जिनियर सहभागि छानविन टोली गठन गरेको सचिवालयले जनाएको छ । टोलीलाई म्याग्दीका जलविद्युत आयोजनाहरुको स्थलगत निरिक्षण गरि काम गर्ने मजदुरहरुको अवस्था, धेरै मजदुरहरुको मृत्यु हुनुको कारण लगायतका विषयमा प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको छ ।

Shreekrishna hardwear in news

यही कात्तिक ४ गते रघुगंगा गाउँपालिका–७ गौडामुनीमा टुण्डी हाइड्रोपावरद्धारा सञ्चालित मंगले राहुघाट जलविद्युत आयोजनाको सुरुङमा काम गरेर फर्कने क्रममा सुरुङ भित्र ढुङ्गाहरु खसेर घाइते भएका रामेछाप कन्ट्रक्सनका मजदुर प्रकाश गोलेको मृत्यु भएको थियो । अर्का मजदुर विवेक कुमार शाह घाइते हुनुभएको थियो ।

कात्तिक १५ गते रघुगंगा गाउँपालिका–४ नारच्याङको निलगिरिखोला जलविद्युत आयोजनाको अडिट नं.२ को आई.एस. १ को काम गरि फर्कने क्रममा दाङका ३७ वर्षीय डोण बहादुर बुढामगरको सुरुङमा चिप्लिएर लड्दा मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ । चालु आर्थिक वर्ष २०८०÷८१ मा भएको २ वटा दुर्घटनामा दुई जनाको मृत्यु र एक जना घाइते भएका छन् ।

आर्थिक वर्ष २०७५÷०७६ मा २ जना, २०७६÷०७७ मा तीन, २०७७÷०७८मा ३ जना, २०७८÷७९ मा पाँच जना र २०७९÷०८० मा छ जना मजदुरहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुमार गुरुङले बताउनुभयो ।

आर्थिक वर्ष २०७५÷७६ देखि २०८०÷०८१ को कात्तिक तेस्रो सातासम्म जलविद्युत आयोजनाहरुमा काम गर्ने २१ जना मजदुरले ज्यान गुमाएका छन् । तीन जना मजदुर घाइते भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीको तथ्याङ्क छ ।

प्रहरी नायव उपरीक्षक मदन कुँवरका अनुसार सबैभन्दा बढी अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधिन ११० मेगावाट क्षमताको निलगिरीखोला जलविद्युत आयोजनामा १२ जनाको मृत्यु भएको छ ।

Bhautik ministry notice about road

रघुगंगा गाउँपालिकामा तुण्दी पावरद्धारा निर्माणाधिन अपर राहुघाट र मंगले राहुघाट जलविद्युत आयोजनामा पाँच, अन्नपूर्ण गाउँपालिकाको घारखोला जलविद्युत आयोजनाका दुई, रघुगंगाको ठूलोखोला र राहुघाट जलविद्युत आयोजनामा एक÷एक जना मजदुरको ज्यान गएको प्रनाउ कुँवरले बताउनुभयो ।

“आयोजना स्थलमा लडेर, चिप्लिएर तथा डोजर, ब्याकुहोलोडर, ट्याक्टर, जिप दुर्घटना हुँदा ज्यान गुमाएको देखिन्छ,” उहाँले भन्नुभयो “जलविद्युत आयोजनामा हुने दुर्घटना र मजदुर सुरक्षा चुनौति बनेको छ ।”

म्याग्दीमा तीन सय ५३ मेगावाट क्षमताका ११ वटा जलविद्युत आयोजना निर्माण भइरहेका छन् । विद्युत विकास विभागका अनुसार ६३ मेगावाट क्षमताका चार वटा जलविद्युत आयोजना सञ्चालनमा आइसकेको म्याग्दीमा ७००.८३ मेगावाट क्षमताका १७ आयोजनाले निर्माणका लागि अनुमति लिएका छन् ।

कूल ३४६.०३ मेगावाट क्षमताका ६ वटा आयोजना निर्माणको तयारी र प्रक्रियामा छन् । त्यस्तै ८३.५ मेगावाट क्षमताका तीन वटा आयोजनाले निर्माणका लागि अनुमति मागेका छन् । जिल्लाभर १४०.१३ मेगावाट क्षमताका १४ वटा आयोजना सर्वेक्षणको क्रममा छन् ।

मजदुर नेता बालादेवी राईले जलविद्युत आयोजनामा ज्यान गुमाएका अधिकांश मजदुरका आफन्तहरु बिमा, क्षतिपुर्तिबाट समेत बञ्चित भएका बताउनुभयो ।

“श्रम ऐन अनुसार आयोजनामा काम गर्ने मजदुरहरुको सामुहिक दुर्घटना बिमा गर्नुपर्ने व्यवस्था धेरै मजदुरलाई थाहा छैन,” उहाँले भन्नुभयो “हामीले सूचना पाएपछि निलगिरि जलविद्युत आयोजनाका दुई जना मृतक मजदुरका परिवारलाई रु. सात÷सात लाखका दरले क्षतिपुर्ति दिलाएका थियौ ।”

ज्यान गुमाएका मजदुरका आफन्तलाई बिमा, राहत र क्षतिपुर्तिका विषयलाई लिएर आयोजना, निर्माण कम्पनी पन्छिनलाई चलखेल गर्ने गरेका मजदुरहरुले गुनासो गरेका छन् । कार्यस्थलमा सुरक्षाका सामग्री नभएको, निर्माण व्यवसायीले सुरक्षाका सामग्री मजदुरले प्रयोग नगरेका र कम्पनीहरुले पनि सुरक्षाका सामग्री प्रयोगमा अनिवार्य नगरेका कारण मजदुरहरुले ज्यान गुमाएका राईको भनाई छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेलले जलविद्युत आयोजनामा लापरबाही र असावधानिका कारण मजदुरको ज्यान जाने गरेको बताउनुभयो । मजदुरको सुरक्षाको विषयमा जलविद्युत आयोजना सञ्चालकहरुलाई जिम्मेवार र जवाफदेही बनाउनुपर्ने उहाँको भनाई छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...