करबाकेली काब्य यात्रा शुरु

Gandaki Pardesh notice

बेनी, ः म्याग्दीको ‘करबाकेली इको’ पदमार्गमा सोमबारदेखि काब्य यात्रा शुरु भएको छ ।

करबाकेली बाबा संरक्षण समितिको आयोजनामा देशका विभिन्न ठाउँका १८ जना कबी, लेखक, पत्रकार र पर्यटनकर्मीहरु सोमबार बेनी बजारबाट करबाकेली इको पदमार्गको यात्रामा गएका हुन् ।

बेनी देखि करबाकेली हुदै पुनहिल पुगेर चार दिनमा काब्य यात्रा सकिने करबाकेली बाबा संरक्षण समितिका संरक्षक चामबहादुर पुनले जानकारी दिनुभयो । “साहित्यको माध्यमबाट यो ठाउँको प्रचारप्रसारका साथै पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले काब्य यात्रा आयोजना गरिएको हो,” उहाँले “यहाँको प्रकृति, संस्कृति र जिवनशैलीलाई साहित्य मार्फत उजागर गर्ने पनि उद्देश्य रहेको छ ।”

Shreekrishna hardwear in news

काब्य यात्रामा प्रगति, राई, प्रभा बराल, कुमारी लामा, अभय श्रेष्ठ, हेमन्त विवस, सागर उदास, रञ्जन राज भण्डारी, घनश्याम पौडेल, तारानाथ पहाडी, दिनेशनारायण श्रेष्ठ, राजकुमार गजुरेल, भवानी शिलाकार र सुरेन्द्र राना सहभागि हुनुभएको छ ।

Bhautik ministry notice about road

बेनीबाट मल्लाज बाँसखर्क महभिर हुदै टोली आज करबाकेली पुगेको छ । यात्राको क्रममा स्थलगत रुपमा रचना तयार पार्ने र सोही स्थानमा प्रस्तुत गरिने यात्रामा सहभागि हुन तनहुँबाट आउनुभएका गितकार सागर उदासले बताउनुभयो ।

“स्थलगत रुपमा करबाकेली क्षेत्रको बारेमा रचना बाचन गर्नुका साथै यात्रा अनुभुति, कथा, कविता, आलेख संकलन पनि हुनेछ,” उहाँले भन्नुभयो “खप्तड, फोक्सुण्डो र तनहुँको आमस्वाँरा होमस्टेको काब्ययात्रा फलदायी बनेको थियो ।”

टोलीलाई बेनीमा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल र प्रथम उपाध्यक्ष राजेश शाक्यले बिदाई गर्नुभएको थियो । अन्नपूर्ण गाउँपालिका–८ काफलडाडा स्थित पुन समुदायको कुल देवता करबाकेलीको थान रहेको करबाकेलीलाई केन्द्रित गरेर वि.स. २०७५ मा करवाकेली इको पदमार्ग सञ्चालन भएको थियो ।

कास्कीको वीरेढाँटी, तिखेढुंगा, उल्लेरी, घोडेपानी र करवाकेली थानहुँदै बेनी लाई समेटेको यो पदमार्गमा चार दिनको यात्रा गर्न सकिन्छ । पुनको कला संस्कृति हेर्न र संसारकै ठूलो गुराँसे जंगलको यात्रा गर्न यो पदमार्ग उत्तम छ ।

करबाकेली पदमार्गको अधिकांश क्षेत्र अन्नपूर्ण पदमार्ग र बाँकी क्षेत्र अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गले समेट्ने भएपनि पुनहिलबाट परम्परागत मार्ग छाडेर करवाकेली थान हुँदै बेनी पुग्न सकिने गोठालो मार्गलाई विकसित गरिएको छ । पदमार्गमा घर, गोठमा प्रयोग हुने घरायसी सामाग्री, भेषभुषा, संस्कार र संस्कृति झल्कने सामाग्री संकलन गरी काफलडाडामा करबाकेली संग्रहालय स्थापना गरिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...