सेवामा लापरबाही गर्ने म्याग्दीको एक होटललाई पचास हजार जरिवाना

Gandaki Ghumau

बेनी, ः जिल्ला प्रशासन कार्यालय म्याग्दीले सेवामा लापरबाही गर्ने एक होटललाई रु. पचास हजार जरिवाना तिराएको छ ।

बेनी नगरपालिका–९ गलेश्वरमा रहेको ताज महल होटललाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार जरिवाना तिराएको प्रशासनले जनाएको हो । प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलका अनुसार खाना (भात)मा काँटी भेटिएको विषयमा उपभोक्ताले गरेको मौखिक उजुरी छानविनका क्रममा पुष्टि भएपछि जरिवाना तिराइएको हो ।

Gunasthariya Shiksya

“खानामा काँटी भेटिएको सूचना आएपछि प्रशासनले तत्कालै प्रहरी पठाएको थियो । होटल सञ्चालक, गुनासोकर्तासँग बयान र सिसिटिभी फुटेजलाई आधार मानेर छानविन गरेका थियौ,” प्रजिअ पौडेलले सोमबार भन्नुभयो “सेवामा लापरबाही गरेको पुष्टि भएपछि रु. पचास हजार जरिवाना गर्ने निर्णय गरेका छौ । होटल सञ्चालकले जरिवाना तिरेर भौचर बुझाएका छन् ।”

Shreekrishna

निर्णयको चित्त नबुझेमा तोकिएको जरिवानाको आधा रकम धरौटीको रुपमा जम्मा गरेको उपभोक्ता वाणिज्य मन्त्रालयका निर्देशकलाई पुनरावेदन गर्न सक्ने विकल्प भएपनि तोकिएको जरिवाना तिरिसकेका प्रशासनले जनाएको छ ।

होटल सञ्चालकले भने नियतवस खानामा काँटी नराखिएको प्रतिक्रिया दिनुभएको छ । सावधानी अपनाउदा अपनाउदै पनि त्यस्तो अवस्था आएको सञ्चालकको भनाई छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...