बेनी बजारमा लत्रिएका तार व्यवस्थापन गर्न ८ नम्बर वडा कार्यालयको ताकेता

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनी नगरपालिकाको वडा नम्बर ८ को कार्यालयले बेनी बजारभित्र लत्रिएका तार व्यवस्थापन गर्न ताकेता गरेको छ ।
वडा कार्यालयले सोमबार एक सूचना जारी गरेर कात्तिक २८ गतेभित्र तार व्यवस्थापन गर्न अनुरोध गरेको छ । वडा अध्यक्ष उत्तम कुमार कर्माचार्यले बेनी नगरपालिका वडा नं. ७ र ८ मा पर्ने बेनी बजार क्षेत्रभित्र बिजुलीको पोलमा बाधिएको फोन, केबुल टिभी तथा ईन्टरनेटका तारहरु बाटोबाट मानिसको हात तथा साना गाडीहरुले समेत भेटिने गरी लत्रिएको पाइएको बताउनुभयो ।
लत्रिएका तारका कारण दुर्घटनाको जोखिम, पैदलयात्री तथा सवारी साधन आवत जावत प्रभावित भएकाले हटाउन ताकेता गरिएको वडा अध्यक्ष कर्माचार्यले बताउनुभयो । तोकिएको मितिभित्र सम्बद्ध संस्था तथा व्यक्तिले लत्रिएको तार व्यवस्थापन नगरेमा नगरपालिकाबाट खटाइने कामदारले व्यवस्थापन गर्ने र सोको क्षतिमा नगरपालिका तथा वडा कार्यालय जवाफदेही नहुने सूचनामा उल्लेछ ।
बेनी अस्पतालको प्रवेशद्धार नजिकै माउन्टेन होटलको अगाडी पोलमा रहेको जक्शन बोर्डहरु अस्पताल गेट अगाडी खरेनी जाने बाटोको पोलमा व्यवस्थापन गर्न समेत वडा कार्यालयले अनुरोध गरेको छ । बेनी नगरपालिकाले गत वर्ष बेनीका बिद्युतका पोलमा बर्षौदेखि लत्रिएका र गुजुल्टीएर रहेका तार व्यवस्थापन गरेको थियो ।

Bhautik ministry notice about road
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...