जलजला गाउँपालिकाको कमजोर विद्यार्थीको लागि उपचारात्मक कक्षा

Gandaki Ghumau

बेनी, । पर्वतको जलजला गाउँपालिकाले कमजोर विद्यार्थीको सिकाइ उपलब्धि बढाउन ‘उपचारात्मक कक्षा’ सुरु गरेको छ ।
पालिकाभित्र रहेका ४४ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सिकाइ उपलब्धि अध्ययन गर्ने क्रममा केही विद्यार्थी धेरै कमजोर देखिएको भन्दै उपचारात्मक कक्षा थालेको हो ।
पालिकाका शिक्षा अधिकृत त्रिविक्रम आचार्यले केही विद्यार्थीको सिकाई उपलब्धि अत्यन्तै कमजोर भेटिएपछि ‘उपचारात्मक कक्षा’ चलाएको बताउनुभयो । दुई हजार ७ सय बढी विद्यार्थी रहेको पालिकाले अहिले ४३३ जनाको लागि ‘उपचारात्मक कक्षा’ सञ्चालन गरिरहेको छ ।

Gunasthariya Shiksya


अधिकृत आचार्यले भन्नुभयो ‘तिहारपछि सुरु गर्ने सुझाव थियो तर बालबालिकालाई सिकाउने कुरामा ढिला गर्नुहुन्न भनेर हामीले १० गतेबाट सुरु गरेका छौं ।’ पालिकाले १० कात्तिकदेखि बिहान बेलुका गरेर दैनिक दुई घन्टा उपचारात्मक कक्षामा दशैंको कारण पालिका बाहिर घर भएका करिब ५ प्रतिशत विद्यार्थी अनुपस्थित देखिएको उहाँले बताउनुभयो ।
पालिकाले विद्यार्थीको सिकाइ उपलब्धी कमजोर हुनुको कारण समेत पहिचान गरेर काम गरिरहेको छ । उपचरात्मक कक्षा शुरु गर्नु अघि अभिभावकलाई आफ्ना बालबालिकाको सिकाई अवस्था विद्यालय, शिक्षकसँग बुझ्न÷थाह पाउन ‘अभिभावक शिक्षा’ समेत दिइसकेको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।
पालिकाको अभिभावक शिक्षा पश्चात अभिभावकमा पनि आफ्ना बालबालिकाको विषयमा बुझ्न जागृत गराएको अध्यक्ष आचार्यको भनाई छ । उहाँले भन्नुभयो ‘हामीले अभिभावक शिक्षा दिएपछि विद्यालय जाने, फोनबाट आफ्ना बच्चाको पढाइबारे चासो त राख्छन् नै उपचारात्मक कक्षाको लागि सहयोग गरिहेका छन् ।’
पालिकाले डेढ महिनापछि उपचारात्मक कक्षाको प्रभावकारिता हेरेर थप योजना बनाउने तयारी गरेको छ । उपचारात्मक कक्षाको लागि आवश्यकता अनुसार विषय शिक्षकहरुलाई थप सेवा सुविधा दिएर परिचालन गरिरहेको गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...