म्याग्दीमा लोकवार्ता सङ्गोष्ठी हुने

Gandaki Pardesh notice

बेनी । लोकवार्ता परिषद् नेपालले १२ औं लोकवार्ता सङ्गोष्ठी म्याग्दीको तीन स्थानीय तहमा हुने भएको छ ।
मौलिकता बोक्ने सांस्कृतिहरुलाई उत्थानमा सक्रिय रहेको लोकवार्ताको सङ्गोष्ठी ७ प्रदेशका प्राज्ञिक व्यक्तित्वहरूको उपस्थितिमा म्याग्दीको मालिका गाउँपालिका–७ बिम, अन्नपूर्ण गाउँपालिका –८ काफलडाँडा र म्याग्दी बहुमुखी क्याम्पसमा हुने संयोजक प्रतिभा पुनले बताउनुभयो ।
लोकवार्ता सङ्गोष्ठी गोठी कात्तिक २२ गते बिम, कात्तिक २३ गते .काफलडाँडा र कात्तिक २४ गते म्याग्दी बहुमुखी क्याम्पसमा संयोजक पुनको भनाई छ । ‘३८ वटा कार्यपत्र प्रस्तुत हुन्छ, म्याग्दीलाई चिनाउने विभिन्न क्षेत्रका ब्यक्तिलाई सम्मान समेत हुन्छ’ संयोजक पुनले बताउनुभयो ।
उहाँका अनुसार कार्यक्रमस्थलमा रहेका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थलको अध्ययन समेत गरिने छ । म्याग्दीका स्थानीय तहको आर्थिक सहयोग रहेको कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भुपाल राईज्यूको प्रमुख आतिथ्यता रहनेछ ।
लोकवार्ता परिषद नेपालले सांस्कृतिक महत्व झल्काउने झाँकीहरु, थाली नाच, पुख्यौली नाचका साथै स्थानीय कला र संस्कृतिको प्रदर्शनपछि औपचारिक कार्यक्रमहरु सुरू गर्ने जनाइएको छ ।
लोकवार्ताबारे खोज अनुसन्धान, विचार विमर्श, गोष्ठी–सम्मेलन तथा यसको अझ विस्तृत रुपमा हुने कार्यक्रमले जिल्लाको प्रचारप्रसारमा सघाउने मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो ।
लोकबार्ता विशेष समितिले गरेको निर्णयानुसार प्राज्ञिक कार्यद्वारा म्याग्दी जिल्लालाई चिनाएबका इतिहासकार कर्ण बहादुर बानियाँ, अमूर्त संस्कृति झांक्री परम्पराका संरक्षक थांइला झांक्रीका नामले परिचित यम बहादुर पुर्जा, यानीमायाँ लोकभाकाका संरक्षण तथा प्रवर्द्धनमा योगदान पुयाएक लालदेवी गर्बुजा,थाली नाचका संरक्षक तथा प्रवर्द्धनमा योगदान पुर्याएकी हिरामाया पुन र आफ्नो कला र गलाले म्याग्दीलाई चिनाउन योगदान दिएकी धन कुमारी थापालाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
लोक वार्ताका सामग्रीको सङ्कलन, संरक्षण, संवद्र्धन, अध्ययन, विश्लेषण, प्रचारप्रसार र प्रकाशन गर्नु, जातजाती, धर्म तथा भाषाभाषीको पारस्परिक सद्भाव लोकवार्तासँग सम्बद्ध राष्ट्रिय अन्तर्राष्ट्रिय विद्वान् तथा संघ–संस्थाबीचको सम्बन्धमा गाढा तुल्याउनु र तिनले गरेका कामको जानकारी लिनुे भएकाले स्थानीय संघसंस्थाले समेत सहयोगको प्रतिबद्धता जनाएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...