म्याग्दीका रेडक्रस र लायन्स क्लवको जाजरकोट र रुकुमका भूकम्प पिडितलाई सहयोग

Gandaki Ghumau

बेनी, कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिम जिल्लाका भूकम्प प्रभावितहरुका लागि आइतबार म्याग्दीबाट राहत सहयोग पठाइएको छ ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको अगुवाइमा बेनीका लायन्स क्लवहरुले जिल्ला सदरमुकाम बेनी बजारमा घरदैलो गरेर संकलन गरेको रु. एक लाख तीस हजार ११० रुपैयाँसहयोग गरेका हुन् ।

जाजरकोटका लागि रु. ७८ हजार र रुकुम पश्चिमका लागि रु. ५२ हजार ११० रुपैयाँ सहयोग सम्बन्धित जिल्लाको विपद् व्यवस्थापन समितिको खातामा पठाइने लायन्स क्लव अफ बेनी पिस सिटीका अध्यक्ष सन्दिप खत्रीले जानकारी दिनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखा, लायन्स क्लवको बेनी म्याग्दी, म्याग्दी दोभान, बेनी सिटी, बेनी पिस सिटी, बेनी महारानी, बेनी लभ्लिहिल, नेपाल रेडक्रस सोसाइटी बेनी उपशाखा, बेनी सामुदायिक माविको युवा रेडक्रस सोसाइटीले सहयोग संकलन अभियान सञ्चालन गरेका थिए ।

कात्तिक १७ गते राती ११ः४७ बजेको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति पुगेको छ । विपद्मा परेका नागरिकहरुको व्यवस्थापन सहज होस भनेर घरदैलोबाट रकम संकलन गरेर पठाएको नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाका कार्यवाहक अध्यक्ष काशिराम रेग्मीले जानकारी दिनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...