भूूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतमा परिचालन हुुन माओवादी केन्द्र गण्डकीको आव्हान

Gandaki Ghumau

बेनी, । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश समितिले भूूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र विस्थापितहरुको व्यवस्थापनमा केन्द्रित हुुन पार्टीका नेता कार्यकर्ताहरुलाई आव्हान गरेको छ ।

Gunasthariya Shiksya

माओवादी केन्द्र गण्डकी प्रदेश समितिका अध्यक्ष गायत्री गुुरुङले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै घाइतेहरुको खोज तथा उद्धार, अविलम्ब प्रभावकारी स्वास्थ्योपचार, विस्थापितहरुको पुुनस्थापनाको व्यवस्था, खाद्यान्न, बसोबास लगायतका आवश्यक सामग्रीहरुको व्यवस्था यथासिघ्र मिलाउन नेपाल सरकार सहित तिनै तहका सरकार समक्ष माग गर्दै यसका लागि सहयोग पुु¥याउन र सक्रीयतापूूर्वक परिचालित हुुन पार्टी पंक्तिलाई आवहान गर्नुुभएको हो ।

जाजरकोट जिल्लाको रामिडाडा केन्द्रबिन्दुु भई शुुक्रबार राती ६ दशमलब ४ रेक्टर स्केलको भूूकम्प जाँदा जाजरकोट, पश्चिम रुकुुम लगायतका जिल्लाहरुमा भएको जनधनको क्षतिको पिडादायी घटनाबाट माओवादी केन्द्र गण्डकी प्रदेश समिति स्तब्ध भएको विज्ञप्तिमा उल्लेख छ ।
प्राकृतिक विपत्तिले निम्त्याएको दुुुःखद् घटनामा ज्यान गुुमाएका मृतकप्रति श्रद्धाञ्जली, परिवारजनमा समवेदना प्रकट र घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना अध्यक्ष गुुरुङले गर्नुुभएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...