निलगिरी जलविद्युत आयोजनामा मजदुरको ज्यान गयो

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधिन निलगिरी जलविद्युत आयोजनामा कार्यरत एक जना मजदुरको लडेर मृत्यु भएको छ ।
निलगिरी हाइड्रोपावरको अडित नं. २ को आइपिएस १ मा काम गरेर फर्कने क्रममा दाङ घर भएका ३७ वर्षीय डोण बहादुर बुडामगरको सुरुङमा चिप्लिएर लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
बुधबार सुरुङ बाहिर निस्कने क्रममा करिब ४० मिटर तल खसेका बुडाको घटनास्थलमै मृत्यु भएको र मृतकको शव बिहिबार परिक्षणका लागि बेनी अस्पतालमा ल्याइएको प्रहरी नायव उपरिक्षक मदन कुँवरले बताउनुभयो ।
मृतकको शव परिक्षण गरि आफन्तलाई जिम्मा लगाउने तयारी भएको प्रहरीले जनाएको छ । घटना स्थलमा अनुसन्धानका लागि प्रहरी निरिक्षक सम्मुन्त अधिकारीको नेतृत्वमा बेनी र दानाबाट पाँच जनाको टोली परिचालन भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...