बेनीका ब्यापारीले बिक्रीका लागि गाउँमा पठाएको म्याद नाघेको सामान जनप्रतिनिधिले बाटोमै बरामद गरे

Gandaki Pardesh notice

बेनी, बेनीका ब्यापारीहरुले म्याद नाघेका सामान ग्रामिण क्षेत्रमा बिक्रीका लागि पठाउने गरेको पाइएको छ । अन्नपूर्ण गाउँपालिकाले गरेको बजार अनुगमनका क्रममा बिहिबार बेनीका ब्यापारीले म्याद सकिएको सामान ग्रामिण क्षेत्रमा पठाएको भेटिएको हो ।

महभिरमा चेकजाँच गर्ने क्रममा बेनीबाट गएको बागमति प्रदेश ०३–००१च १५९२ नम्बरको बोलेरोमा छ महिना अघि म्याद नाघेको जुस भेटिएको अन्नपूर्ण गाउँपालिका–७ का वडा अध्यक्ष मइलन पुर्जा पुनले जानकारी दिनुभयो ।

“गाउँका पसल अनुगमन गर्ने क्रममा म्याद नाघेका चाउचाउ, बिस्कुट, तेल, जुस भेटिएपछि कडाई गर्न नाकामै बसेर अनुगमन थालेका छौ,” उहाँले भन्नुभयो “बिहिबार मात्रै बेनीबाट सामान बेच्न अन्नपूर्ण गाउँपालिकाको दोवा र दाना जान हिडेको बोलेको जिपमा तीन कार्टुन म्याद नाघेको जुस भेटियो ।”

Shreekrishna hardwear in news

शैलेन्द्र बानिया सञ्चालक रहेको पौलत्स्य स्टोर्सबाट पठाइएको सो जुसको म्याद छ महिनाअघिनै सकिएको थियो । सो जुस सिल गरेर नष्ट र थप कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा पठाएको उहाँले बताउनुभयो ।

Bhautik ministry notice about road

शैलेन्द्र स्टोर्सका साथै अन्नपूर्ण गाउँपालिकामा बेनीको सुमन स्टोर्स, बिक्की टे«डर्स, भगवान स्टोर्स, दिविसा स्टोर्स लगायतका डिलरहरुले दैनिक उपभोग्य सामान पठाउने गर्दछन् । गाउँका पसल अनुगमनका क्रममा ब्यापारीहरुले डिलरहरुले म्याद नाघेका र म्याद सकिन लागेका सामान पठाउने गरेको बताएपछि बुधबारदेखि नाकामा बसेर चेकजाँच गर्न थालिएको थियो ।

वडा अध्यक्ष पुर्जाको नेतृत्वमा कार्यपालिका सदस्य बिरबहादुर पौडेल, गाउँसभा सदस्य श्याम पुर्जा, गाउँपालिकाका कर्मचारी याम पुन नाकामा अन्नपूर्ण गाउँपालिकामा सामान आपुर्ति गर्ने जिप, ट्रक र ट्याक्टरको अनुगमन गर्न खटिनुभएको छ ।

कार्यपालिका सदस्य बिरबहादुर पौडेलले ब्यापारीहरुले भ्याट बिल नदिने र कर छली गर्ने गरेको पनि पाइएको बताउनुभयो । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले म्याद नाघेका सामान बिक्री गर्ने ब्यापारीहरुलाई संघले संरक्षण नगर्ने, कारबाही गर्न सहयोग गर्ने र दवाव नदिने बताउनुभयो ।

गाउँपालिकाले स्थानीय सडक उपभोग शुल्क संकलन, सवारी साधन सूचिकरण, पालिका भित्र सञ्चालन हुने सवारी साधनको लागि कायम गरेको भाडादर कार्यान्वयनको अनुगमनसँगै सामानको निगरानीका लागि जनप्रतिनिधि र कर्मचारी परिचालन गरेको थियो ।

बुधबार भुरुङ्ग तातोपानी प्रहरी चौकीबाट सुरक्षाकर्मी खटिएपनि बिहिबार नखटिएकाले म्याद गुज्रेका सामान बेच्ने ब्यापारीको दवावमा प्रहरी, प्रशासनले असहयोग गरेको गुनासो जनप्रतिनिधिले गरेका छन् । आएका प्रहरी तीन घण्टा बसेर बिचैमा फर्किएका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...