अन्नपूूर्ण गाउँपालिकाले स्थानीय सडकमा चल्ने गाडीको दर्ता थाल्यो

Gandaki Pardesh notice

पोखरेबगर, । म्याग्दीको अन्नपूूर्ण गाउँपालिकाले स्थानीय सडकमा चल्ने सवारी साधन (गाडी) दर्ता गर्न थालेको छ ।

चालुु आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम र २०८० कात्तिक १४ गते बसेको कार्यपालिका बैठकको निर्णय अनुुसार गाउँपालिकाको विभिन्न वस्तीमा सञ्चालन हुने जिप, ट्याक्टर र ट्रक दर्ता गर्न थालेको हो ।

गाउँपालिकाको प्रवेशद्धार महभिरमा वडा नम्बर ७ का अध्यक्ष मइलन पुुर्जा पुुनको नेतृत्वमा कार्यपालिका सदस्य बिरबहादुुर पौडेल, गाउँसभा सदस्य श्याम पुुर्जा, कर्मचारी यमप्रसाद पुुन र भुुरुङ्ग तातोपानी प्रहरी चौकीका प्रहरीको टोली सवारी दर्ताका लागि खटिनुुभएको हो ।

Shreekrishna hardwear in news

“सार्वजनिक सूूचना जारी गरेर गाउँपालिकाको कार्यालयमा गाडी दर्ता गर्न आव्हान गरेका थियौ । निर्धारित समयभित्र कसैले पनि गाडी दर्ता गर्नुुभएन,” उहाँले भन्नुुभयो “यातायात व्यवसायीहरुले वेवास्ता गरेपछि कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न जनप्रतिनिधि, कर्मचारी र प्रहरीको टोली नाकामा बसेर दर्ता गर्न थालेका हौ ।”

सवारी साधन दर्ता र नविकरण वापत संकलित रकम गाउँपालिकाले सडक मर्मत सुधारमा परिचालन गर्न पुुर्जाले बताउनुुभयो । उहाँका अनुुसार स्थानीय सडक प्रयोग सेवा शूल्क मार्फत चालुु आर्थिक वर्षमा रु. पचास लाख देखि साठी लाख आम्दानी गर्ने लक्ष्य राखिएको छ । अन्नपूूर्ण गाउँपालिकालाई समेटेको राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडकमा चल्ने सवारी साधन भने दर्ता गर्नुुपर्दैन् । बुुधबार पहिलो दिन करिब ४० वटा जिप, ट्याक्टर दर्ता गरिएको छ ।

ट्याक्टरलाई रु. एक हजार पाँच सय, जिप, बोलेरोलाई रु. एक हजार पाँच सय, ट्याक्सीलाई रु. एक हजार, बसलाई रु. दुुई हजार, ब्याकहोलोडरलाई रु. दुुइृ हजार, ट्रक रु. तीन हजार पाँच सय, ट्रिप्परलाई रु. एक हजार पाँच सय र एक्साभेटरलाई रु. पाँच हजार दर्ता शूूल्क कायम गरिएको छ ।

Bhautik ministry notice about road

नविकरण र पटकेका लागि ट्याक्सीलाई रु. एक सय र ट्रिप्परलाई रु. पाँच सय बाहेक अन्य सवारी साधनलाई रु. दुुई सयका दरले वार्षिक नविकरण शूूल्क तोकिएको छ । एक्साभेटर नविकरण र पटकेका लागि कामको ०.५ प्रतिशत नविकरण शूल्क तोकिएको छ ।

यसैगरी गाउँपालिका क्षेत्र भन्दा बाहिरबाट मालसामान बिक्री गर्न आउने सवारी साधनलाई ट्रक, लहरी अन्य हेवी गाडी वार्षिक रु. बीस हजार, पटके शूूल्क रु. एक हजार पाँच सय तोकिएको छ । गाउँपालिका बाहिरका जिप, भ्यान, ट्रयाक्टरलाई वार्षिक शूल्क रु. दश हजार वा पटके शूल्क रु. ६०० कायम भएको छ ।

अन्नपूूर्ण गाउँपालिका–४ का यातायात व्यवसायी प्रेम गुुरुङले भने यातायात व्यवस्था कार्यालयमा दर्ता र नविकरण भएका सवारी साधनहरुलाई पालिकाले पनि शूूल्क लिदाँ दोहोरो करको मारमा परेको गुुनासो गर्नुुभयो । यातायात व्यवसायीसँग छलफल र पुुर्व सूचना नदिइ एक्कासी शुूल्क उठाएको उहाँको आरोप लगाउनुुभयो ।

संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरेर गत असारको गाउँसभाको निर्णय अनुुुसार स्थानीय सडक उपयोग सेवा शूूल्क उठाउने र अभिलेखिकरणका लागि दर्ता गर्न थालिएको प्रमुुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुुभयो ।

अन्नपूूर्ण गाउँपालिकाले विभिन्न वस्ती जोड्ने सडकमा चल्ने सवारी साधनको भाडादर पनि निर्धारण गरेको छ । दर्तासँगै नाकामा ट्राफिक प्रहरीको सहयोगमा भाडादर कार्यान्वयनको विषयमा पनि अनुुगमन गरिएको प्रशासकीय अधिकृत सुुवेदीले बताउनुुभयो । वडा तहमा जनप्रतिनिधि, उपभोक्ता र यातायात व्यवसायीहरुले छलफल गरेर भाडादर निर्धारण गर्न सिफारिस गरेका थिए ।

कार्यपालिकाका सदस्य बिरबहादुुर पौडेलले ब्यापारीहरुले ग्रामिण क्षेत्रमा भ्याट बिनाका म्याद नाघेका र म्याद सकिन लागेका सामान पठाउने गरेको पाइएकाले त्यसको विषयमा पनि अनुुगमन गरिएको बताउनुुभयो । अन्नपूूर्ण गाउँपालिकाकामा आपुुर्ति हुुने सामानको म्याद, बिल जारी भए नभएको विषयमा पनि निगरानी गरिएको पौडेलले बताउनुुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...