काँग्रेसका नेतालाई कार्यकर्तामुुखी बनाउन विधान संसोधन गर्छौ– महामन्त्री थापा

Gandaki Pardesh notice

घोडेपानी, नेपाली काँग्रेसका महासचिव गगन थापाले पार्टीका नेताहरुलाई कार्यकर्तामुुखी बनाउन विधान संसोधन गरिने बताउनुुभएको छ ।

म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ घोडेपानीमा मंगलबार साँझ स्थानीय कार्यकर्ताहरुसँगको भेटघाटका क्रममा महामन्त्री थापाले काँग्रेसको संगठन बलियो बनाउन बिधानमा संसोधनको प्रस्ताव लैजाने बताउनुु भएको हो ।

“उमेद्वार बन्न वडा, पालिका र जिल्ला तहकै कार्यकर्ताबाट अनुुमोदित हुुनुपर्ने बिधानमै व्यवस्था गर्न आवश्यक छ,” उहाँले भन्नुुभयो “नेतालाई कार्यकर्ता र जनताप्रति जवाफदेही र उत्तरदायी बनाउन बिधान संसोधन गर्न छलफलमा छौ ।” थापासँग स्थानीय कार्यकर्ताहरुले पार्टीको नेतृत्व र चुुनावमा उमेद्वारलाई टिकट पाउनका लागि नेताको वरिपरि घुुम्ने र कार्यकर्तालाई वेवास्ता गरेका गुुनासो गरेका थिए ।

Shreekrishna hardwear in news

प्रतिनिधिसभा सदस्य समेत रहनुुभएका थापासँग घोडेपानीका होटल व्यवसायीहरुले कोभिडपछिको पर्यटन अझै लयमा फर्कन नसकेको, जलवायुु परिवर्तनको असर पर्यटन व्यवसायमा पनि परेको र सडकका कारण विस्थापित पदमार्गको विकल्प बनाउनुपर्ने बनाउन अनुुरोध गरेका थिए ।

Bhautik ministry notice about road

थापाले नेपालीहरुलाई विदेश भन्दा पनि पहिले नेपालनै घुम्ने वातावरण बनाउन सकेमा नेपालको पैसा विदेशिन रोकिने बताउनुुभयो । घोडेपानीका होटल व्यवसायी सपना गुुरुङले पुुराना पदमार्गलाई जोगाएर सडक बनाउन आवश्यक रहेको बताउनुुभयो ।

अर्का होटल व्यवसायी जुुली ठकुुरी पुनले कोभिडका कारण थलिएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन प्रर्वद्धनात्मक गतिबिधिमा जोड दिनुुपर्ने बताउनुुभयो । सडकका कारण पर्यटकको बसाई छोटिएकाले नयाँ गन्तब्यको पहिचान र प्रर्वद्धन गर्न उहाँले बताउनुुभयो ।

अन्नपूूर्ण गाउँपालिकाका पुुर्व अध्यक्ष समेत रहनुुभएका घोडेपानीका होटल व्यवसायी डमबहादुुर पुुनले कास्कीको नयाँपुुल घोडेपानी हुुदै पोखरेबगर जोड्ने पोखरा बेनी जोमसोम सडकको वैकल्पिक सडक बनाउनुुपर्ने बताउनुुभयो । भुुरुङ–तातोपानीका होटल व्यवसायी प्रेम गुुरुङले टानले संकलन गर्ने करको सदुुपयोग नभएको गुुनासो गनुुभयो ।

पुुर्वमन्त्री समेत रहनुुभएका थापाले घोडेपानी पुुनहिल क्षेत्रको पर्यटन पूर्वाधार निर्माण र प्रर्वद्धनका लागि राज्यको लगानी भित्र्याउन पहल गर्ने बताउनुुभयो । नेता थापा पदयात्राका लागि कास्कीको उल्लेरी हुुदै मंगलबार साँझ घोडेपानी आउनुुभएको हो ।

उहाँलाई घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मिना पुुन, होटल व्यवसायी टेकसर पुुन लगायतले स्वागत गर्नुुभएको थियो । मंगलबार बिहान पुुनहिलबाट दृष्य अवलोकन गरेर कास्कीको घान्द्रुुक जाने कार्यक्रम रहेको थापाको भ्रमण टोलीका सदस्यले बताएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...