म्याग्दीको “नर्थ अन्नपूर्ण” आधार शिविरमा शरदयाममा पनि पर्यटक

Gandaki Kotihome

गणेश गुरुङ (सुरेन)
नर्थ अन्नपूर्ण वेसक्याप, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको “नर्थ” उत्तरी आधार शिविरमा शरदयाममा पनि पर्यटक जान थालेका छन् ।

नारच्याङदेखि आधार शिविर जोड्ने ‘मौरिस हर्गोज ट्रेल’मा पदमार्ग, झोलुङ्गे पुल, विश्रामस्थल, आश्रयस्थल लगायतका पर्यटन पूर्वाधार तयार र प्रचारप्रसार भएपछि यसपालीको शरदयाममा पहिलो पटक आन्तरिक पर्यटक पुगेका हुन् ।

अन्नपुर्ण गाउँपालिका–४ का वडा सदस्य श्याम पुर्जाले शरदयाममा हिमाल आरोहणका लागि विदेशी पर्यटक नआएपनि देशका विभिन्न ठाउँबाट आएका आन्तरिक पर्यटकको चहलपहल बढेको जानकारी दिनुभयो ।

Upper Myagdi transmition line notice

“विगतका वर्षमा बसन्त ऋतुमा हिमाल आरोहणका लागि हेलिकप्टरबाट आउने पर्वतारोहीहरुको चहलपहल हुने अन्नपूर्ण आधार शिविर शरदयाममा सुनसान हुने गर्दथ्यो,” उहाँले भन्नुभयो “दशैपछि मात्रै दुई सय जना भन्दा बढी आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविर पुगेका छन् ।”

नारच्याङदेखि कुल ४२ किलोमिटरको दुरीमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्नका लागि हुमखोलासम्म निलगिरिखोला जलविद्युत आयोजनाले २० किलोमिटर सडकको मार्ग खोलेको छ । हुमखोलादेखि आधार शिविरसम्मको २२ किलोमिटर दुरीमा पदमार्ग निर्माण भएको छ ।

एकै दिन पैदलयात्रा गरेर पुगिने र नयाँ ठाउँ भएकाले ‘भर्जिन’ गन्तब्य घुम्न आएको पोखराका दिपक कार्कीले बताउनुभयो । पोखरा, बेनी, काठमाडौ लगायतका ठाउँबाट टेन्ट, खाने, बस्ने सामान लिएर आधार शिविर पुग्ने गरेका छन् । स्थानीय युवाहरुले पर्यटकलाई घुमाउन लैजाने गरेका छन् ।

Annapurna aarohan ko notice

सन १९५० जुन ३ तारिकका दिन फ्रान्सका मौरिस हर्गोजले आठ हजार ७१ मिटर अग्लो अन्नपूर्ण प्रथमालको आरोहण गर्नुभएको थियो । मौरिस हर्जोगले अन्नपूर्ण आरोहण गरेको दुई वर्षपछि सगरमाथाको पहिलो आरोहण भएको थियो । अन्नपूर्ण पहिलो पटक मानव पाइला परेको आठ हजार मिटर अग्लो हिमाल हो ।

हर्गोजले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै वि.स. २०६८ मा ‘मौरिज हर्गोज पदमार्ग’को पहिचान गरिएको थियो । अन्नपूर्ण आधार शिविरमा पुग्ने पदमार्ग, झोलुङ्गे पुल, आश्रयस्थल, लगायतका पूर्वाधार बनाउन पर्यटन मन्त्रालयले रु. दुई करोड ८० लाख र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले रु. ४० लाख भन्दा बढी लगानी गरेका छन् ।

अन्नपूर्ण र निलगिरी हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिने अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरकी सोनिमा बरुवालले बताउनुभयो । अन्नपूर्णको फेदीमा करिब २० हजार बर्गमिटरमा फैलिएको मनोरम पञ्चकुण्ड ताल यहाँका थप आकर्षणको रुपमा रहेको छ ।

नर्थ अन्नपूर्ण आधार शिविरको पञ्चकुण्ड ताल । तस्विर सोनिमा बरुवाल

गत जेठ महिनामा म्याग्दीका पत्रकार र जनप्रतिनिधिहरुको टोलीले मौरिस हर्गोज पदमार्ग तथा अन्नपूर्ण आधार शिविरको प्रचारप्रसारका लागि भ्रमण गरेका थिए । यसैगरी म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्टे«लीयाले सामाजिक सञ्जाल फेसबुक पेज मार्फत आयोजना गरेको तस्विर प्रर्दशनीले पनि अन्नपूर्ण आधार शिविरको प्रचारप्रसार भएको थियो ।

प्रर्वद्धनात्मक गतिबिधिसँगै अन्नपूर्ण आधार शिविरमा पर्यटक आगमन बढेको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । आधार शिविरमा खानेबस्ने सुविधा, सञ्चार, खानेपानी लगायत पूर्वाधारका लागि गाउँपालिकाले जोड दिने अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

नर्थ अन्नपूर्ण आधार शिविर जाने पदमार्गमा पर्ने फुतफुते झरना । तस्विर सोनिमा बरुवाल

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...