लागूऔषध र बन्दुक सहित दुई जना पक्राउ

Sinchai Khanipani notice

बेनी । म्याग्दीमा लागू औषध र अबैध भरुवा बन्दुक सहित एक÷एक जना पक्राउ परेका छन् ।

बेनी नगरपालिका–८ गणेशटोलका २९ वर्षीय बिमल भण्डारीलाई डाईजापाम–३० एम्पुल, फेनरागन–३१ एम्पुल र नुर्फिन–३० एम्पुल गरि ९१ एम्पुल लागू औषध, ६ थान सिरिन्ज र नगद सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Bhautik ministry notice about road

कात्तिक १ गते प्रहरीले भण्डारीको कोठामा छापा मार्दा लागू औषध भेटिएको थियो । यसैगरी इलाका प्रहरी कार्यालय घोडेपानीबाट प्रहरी सहायक निरिक्षक रबी आचार्यको नेतृत्वमा खटिएको टोलीले अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाका ३१ वर्षीय अम्मर गर्बुजालाई एक नाले भरुवा बन्दुक सहित पक्राउ गरेको छ ।
गर्बुजाको साथबाट कात्तिक २ गते बन्दुकको साथै त्यसमा लाग्ने १७ थान गोली, ४४ थान फलामका टुक्राहरु, १०० ग्राम बारुद बरामद गरिएको प्रहरी निरिक्षक डाक्टरप्रसाद चौधरीले बताउनुभयो ।

Shreekrishna hardwear in news
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...