चितुवाले कालिज मार्यो

Gandaki Pardesh notice

बेनी । बेनी नगरपालिका–४ सिंगामा रहेको हरियाली ग्रुपको फार्ममा सोमबार बिहान पसेको चितुवाले कालिज मारेर क्षति पु¥याएको छ ।

चितुवाले ४६ वटा कालिज मारेको हरियाली ग्रुपका महाप्रबन्धक गोविन्द पौडेलले जानकारी दिनुभयो । सोमबार बिहान दाना हाल्न फार्ममा गएका कर्मचारीले चितुवा देखेपछि प्रहरी र डिभिजन वन कार्यालयलाई खबर गरेका थिए ।

Bhautik ministry notice about road

तारजालीले घेराबार गरिएको करिब चार रोपनी क्षेत्रफलको फार्ममा कालिज लुक्न बनाएको झाडीमा लुकेर बसेको चितुवा नियन्त्रणमा लिन नेपाल प्रहरी, शसस्त्र प्रहरी, वन प्राविधिक र फार्मका कर्मचारी परिचालन भएका थिए । कालिज उडेर बाहिर नजाओस भनेर बनाएको जाली च्यातेर चितुवा फार्मभित्र फसेको थियो ।

Shreekrishna hardwear in news

चितुवालाई पासोमा पार्न खटिएको टोलीलाई आक्रमण गर्न खोजेपछि प्रहरीले तिन राउण्ड फायर गरेको थियो । फायर गरेपछि जाली ज्यातेर साँघुरो तारबारबाट चितुवा भागेको घटनास्थलमा खटिनुभएका डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले बताउनुभयो । भागेको ठाउँमा चितुवाको रौ भेटिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...