बेनीमा होटल बढेसँगै पाहुनालाई सहज

Gandaki Pardesh notice

बेनी, ः म्याग्दीको सदरमुकाम बेनी र आसपासको क्षेत्रमा सुविधासम्पन्न होटल खुल्ने क्रमसँगै पाहुनाले सडकमा रात कटाउनुपर्ने समस्या हटेको छ । बेनी, सिंगा तातोपानी, गलेश्वर, भुरुङ–तातोपानीका पुराना होटलले क्षमता विस्तार र सुविधायुक्त नयाँ होटल खुल्न थालेपछि पाहुनाले सहजै बास पाउन थालेका हुन् ।

दश बर्षपहिले मुस्ताङ जाने क्रममा बेनीका होटल पाहुनाले भरिएर पिपलको बोट मुनी रात कटाएका हेटौडाका प्रविन श्रेष्ठले यसपाली दुःख भोग्नु नपरेको सुनाउनुभयो । “२०७० सालमा मुस्ताङ जाँदा होटलको कोठा नपाएर कोही गाडीमै त कोही पिपलको बोटमुनी सुत्नुपरेको थियो,” उहाँले भन्नुभयो “यसपाली देशका ठूला सहरका जस्तै सुविधा भएका होटलमा आरामदायी हिसाबले बास बस्न पाइयो ।”

बेनी–जोमसोम सडकको मार्ग खुलेसँगै साठीको दशकमा मुस्ताङ र मुक्तिनाथ जाने आउने पर्यटक तथा तिर्थयात्रीले बेनीमा बास नपाउने समस्या थियो । केही वर्ष पहिले असोज, कात्तिक, चैत र वैशाखमा आउने पाहुनाले बास नपाउने समस्या थियो ।

Shreekrishna hardwear in news

होटलले क्षमता बढाएपछि र नयाँ होटल खुलेपछि कोठा नपाएर बसपार्क र चौतारीमा रात कटाउनुपर्ने समस्या हटेको म्याग्दी होटल तथा रेष्टुरेष्ट व्यवसायी संघका अध्यक्ष बाबुराम आचार्यले बताउनुभयो ।
“हामीकहाँ २५० होटल तथा रेष्टुरेष्ट व्यवसायी आवद्ध हुनुहुन्छ,” उहाँले भन्नुभयो “तातोपानी, बेनी र गलेश्वरका सुविधायुक्त होटलमा दैनिक एक हजार जना पाहुना राख्न सकिन्छ ।” मुस्ताङ जाने आउने पाहुनालाई लक्षित गरेर बेनीका व्यवसायीले होटलमा लगानी, सुविधा र क्षमता बढाएका छन् ।

Bhautik ministry notice about road


बेनीमा भाडाको घरमा आचार्यले सञ्चालन गरेको होटल याक गत हप्तादेखि गलेश्वरमा आफ्नै भवनमा सञ्चालन गर्नुभएको छ । रु. १४ करोड लगानीमा खुलेको तीन÷तीन वटा स्विट र डिलक्स सहित ४० वटा कोठा रहेको होटलमा दैनिक १५० जना बास बस्न सक्ने क्षमता रहेको याक होटलका प्रबन्धक बासुदेव सुवेदीले बताउनुभयो ।
बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीमा व्यवसायी कृष्ण केसीले १५० जना क्षमताको अर्को सुविधा सम्पन्न होटल सञ्चालनको अन्तिम तयारी गर्नुभएको छ । बेनी–जोमसोम सडकमा पर्ने भुरुङ तातोपानीमा व्यवसायी राजु हमालले धौलागिरि क्षेत्रकै धेरै ५७ वटा कोठा भएको होटल नेचुरल हटस्पीरिङ सञ्चालन गर्नुभएको छ ।


प्राकृतिक उपचार स्थल सिंगा तातोपानीमा नेपाल उद्योग वाणिज्य महासंघका पुर्व उपाध्यक्ष प्रमोद श्रेष्ठले रु. १५ करोडको लागतमा ३६ वटा स्टाण्डर, डिलक्स, सेमिसुइट र सुइट श्रेणीका कोठाहरु भएको होटल श्रेष्ठ हटस्पिरिङ सञ्चालन गर्नुभएको छ । बेनी र आसपासका क्षेत्रमा होटल व्यवसायमा मात्र पछिल्लो दुई वर्षयता रु. एक अरब भन्दा बढी लगानी थपिएको छ ।
बेनीका होटल धानिने मुख्य आधार पछिल्लो समय देशका विभिन्न स्थानबाट म्याग्दी र मुस्ताङ घुम्न आउने पाहुनाहरु बन्न थालेका छन् । संघ संस्था, सहकारी, धार्मिक समूह, विद्यालय, कलेजबाट समूह बनाएर घुम्न आउनेहरुको संख्या बढ्दो छ ।


“म्याग्दीमा आउने भिआइपी र स्तरीय सुविधा चाहने पाहुनालाई लक्षित गरेर होटल खोलेको हो,” व्यवसायी राजु हमालले भन्नुभयो “यो सिजनमा स्वदेशी पर्यटकको आगमन राम्रो छ ।” यसअघि बेनीको क्याम्पसचोकमा भाडाको घरमा ३० जना क्षमताको लामा होटल सञ्चालन गरेका युवा व्यवसायी राजन लामाले हालै आफ्नै घर बनाएर ८० जना क्षमताको बनाउनुभएको छ ।
पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका अनुसार जिल्लाभर ५०० भन्दा बढी होटल तथा रेष्टुरेष्ठमा रु. दुई अर्ब बढीको लगानी छ । हिमाल आरोहण, पदयात्रा, तातोपानी कुण्ड स्नान, ग्रामिण संस्कृति, रहनसहन, धार्मिक, ऐतिहाँसिक, प्राकृतक स्थल र पहाडी भूगोलको दृष्य अवलोकनका लागि म्याग्दीमा पर्यटकहरु आउने गर्दछन् । म्याग्दी नदीको असला माछा, स्थानीय जातको सिमिको दाल, च्याउ र टुसा, आलुको परिकार, टिम्मुरको चटनी बेनीका होटल र रेष्टुरेष्टमा स्वाद लिन सकिन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...