कालिजले बजार पाएन्

Gandaki Pardesh notice

बेनी, कालिजले बजार नपाउँदा कृषक निराश भएका छन् । बजार अभावमा कालिज पालन गरेका उद्यमीहरु विस्थापित हुन थालेका छन् ।

लागत अनुसार मूल्य र बजार नपाउँदा कालिजपालक कृषकहरु मर्कामा परेका हुन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका अनुसार दुई वर्षअघि जिल्लाभर छ वटा कालिज फार्म रहेकोमा हाल एक वटा मात्र सञ्चालनमा रहेको छ ।

सञ्चालनमा रहेको हरियाली ग्रुपको फार्ममा पनि न्युन मात्रामा कालिज पालिएका छन् । तीन हजार भन्दा बढी कालिज पाल्न सक्ने क्षमता रहेको फार्ममा हाल २५० वटाको हाराहारीमा कालिज रहेका हरियाली ग्रुपका महाप्रबन्धक गोविन्द पौडेलले बताउनुभयो ।

Shreekrishna hardwear in news

“शुुरुमा बजार र मूल्य राम्रो थियो, अहिले माग आउन र बजार पाउन छाडेपछि संख्या घटाएका छौ,” उहाँले भन्नुभयो “दानाको मुल्य महँगिने र लागत अनुसार मूल्य नपर्ने हुँदा कालिजपालन फस्टाउन सकेन् ।”

कालिजलाई बनखुकुरा भनेर चिन्ने गरिन्छ । “राउननेक” जातको कालिज घरमा पाल्नलाई सरकारले अनुमति दिएको छ । पछिल्लो पटक संशोधित वन ऐनले कालिजको व्यावसायिक पालन गर्न सक्ने व्यवस्था गरेको छ । एक वटा भाले कालिजको मूल्य रु. दुई हजार पाँच सय देखि तीन हजार र पोथीको मूल्य रु. दुई हजार देखि दुई हजार एक छ ।

Bhautik ministry notice about road

चल्लाको मूल्य प्रतिगोटा रु. ८०० देखि रु. ८५० छ । पाँच महिना पालेपछि दुई किलो भन्दा बढी तौल हुने कालिज मासुका लागि खान योग्य हुन्छन् । म्याग्दीको सदरमुकाम बेनी बजार नजिकै रहेको पर्वतको जलजला गाउँपालिका–५ लेकफाँटमा वि.स. २०७८ मा स्थापना भएको यमितादह कृषि तथा पशुपंक्षी फार्ममा हाल एक हजार २०० गोटा बिक्री योग्य कालिज छन् ।

“दिनमा चार हजारको दाना खान्छ, पाँच महिनामा बिक्री गर्नुपर्ने कालिज एक वर्षमा पनि बिकेको छैन्,” यमितादह कृषि तथा पशुपंक्षी फार्मका कर्मचारी मनबहादुर पुनले भन्नुभयो “गाउँघरमा यसको उपभोक्ता छैनन् । बजारमा कालिजको बिक्री घटेको छ ।”

सो फार्ममा बेलायतमा रहेका हर्कबहादुर पुनले रु. साठी लाख लगानी गरेर तीन रोपनी जमिनमा कालिजपालन गर्नुभएको हो । कालिजको चल्ला उत्पादन गर्ने ‘ह्याचिङ’ मेसिन भएपनि चल्लाको माग नभएकाले मेसिन प्रयोग भएको छैन् । कालिजले सामान्य कुखुराको जस्तै प्रोटिन बढी भएको दाना खाने गर्दछन । कालिज बिक्री गराउन पोखरामा रेष्टुरेष्ट खोल्न लागेको पुनले बताउनुभयो ।

कालिज सुत्केरी र युरिक एसिड भएका लागि लाभदायक मानिन्छ । म्याग्दी र आसपासका क्षेत्रका कृषकले उत्पादन गरेको कालिज खपत हुने बजार बेनी, गलेश्वर, तातोपानी, कुश्मा, पोखरा, जोमसोम र घोडेपानी हो । आन्तरिक पर्यटक कालिजका उपभोक्ता हुन् ।

भेनेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका प्राविधिक गणेश रिजालले मानिसहरुको खर्च गर्ने क्षमतामा आएको कमिको असर कालिजपालनमा परेको बताउनुभयो ।

“उपभोक्ताहरुसँग पैसा धेरै हुँदा कालिज, च्याङग्रा, खसी, बोकाको खपत धेरे थियो,” उहाँले भन्नुभयो “पछिल्लो समय कालिजको मात्र नभएर खसीबोका, लोकल कुखुरा र च्याङग्राको मासुको खपत पनि घट्न थालेको छ ।”

धेरै समय कालिज पाल्दा दानामा लगानी बढ्ने भएकाले सुकुटि बनाउने, डिपफ्रिज गर्ने र आन्तरिक बजारीकरण गर्नुपर्ने सुझाव कृषकलाई पशु सेवा प्राविधिकहरुले दिएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...