मालगाउँका तिलिजा परिवारलाई युकेबाट सहयोग

Gandaki Pardesh notice

बेनी, ३ कात्तिक । पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कको मालगाउँका तिलिजा परिवारलाई बेलायतबाट सोमबार एक लाख ३३ हजार ३५५ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ ।

असोज १७ गते मुडाले किचेर ज्यान गुमाएका ख्यामबहादुर तिलीजाका श्रीमति र छोरीहरुलाई बेलायतको इस्टली गोर्खा नेपाली समाज (इग्ना)ले सहयोग गरेको हो । ख्यामबहादुरको मृत्युपछि बिचल्लीमा परेका करिब दुई महिनाकी सुत्केरी श्रीमति मनमाया सहित पाँच छोरीहरुलाई सहयोग गरिएको हो ।

बाँसखर्कमा जन्मिएर हाल बेलायतमा रहनुभएकी पार्वती पाइजा, सिता गर्बुजा, शान्ती पुर्जा र उहाँहरुका श्रीमान क्रमशः कुमार, जुग र कमलको पहलमा बेलायतमा रहेका नेपाली र त्यहीका नागरिकहरुबाट सहयोग संकलन गरेर पठाउनुभएको थियो ।

Shreekrishna hardwear in news

पार्वति र सिता ख्यामबहादुरसँगै स्कुलमा पढ्नुभएको थियो । सो रकम बाँसखर्कका पुर्ब प्रधानपञ्च समेत रहनुभएका पार्वति, सिता र शान्तिका हजुरबुवा लालबहादुर पुन, बुवा महेन्द्र, आमा सिमाया र काका हस्तबहादुर पुनले मनमायालाई हस्तान्तरण गर्नुभयो ।

रकम हस्तान्तर कार्यक्रमको सहजिकरण गर्नुहुँदै मालगाउँका अगुवा समबहादुर तिलिजाले ख्यामबहादुरको मृत्यु पछि मनमाया र उनका छोरीहरुको दुखमा सघाउनेहरुलाई धन्यवाद दिनुभयो । उहाँका अनुसार तिलिजा परिवारलाई यसअघि स्थानीयको पहलमा स्वदेश तथा बिदेशमा रहेकाहरुबाट तीन लाख ४४ हजार पाँच रुपैयाँ सहयोग प्राप्त भइसकेको छ ।

लालिगुराँस आमा समूहले १५ हजार र निरबहादुर पुनले तीन हजार रुपैयाँ सहयोग गर्नुभयो । मनमाया र छोरीहरुको पालनपोषण तथा शिक्षाका लागि वडा सदस्य युवराज अर्मजाको अगुवाइमा सहयोग संकलन अभियान सञ्चालन भएको थियो ।

Bhautik ministry notice about road

३८ वर्षीय तिलीजाको गाउँ नजिकैको जंगलमा काठ काट्ने मुडा लडाउने क्रममा दुर्घटना भएर मृत्यु भएको थियो । ख्यामबहादुरको मृत्यु हुँदा उनकी श्रीमति २१ दिनकी सुत्केरी थिइन् । तिलिजाकी जेठी छोरी मन्जुको बिवाह भइसकेको छ । १४ वर्षीया गिता कक्षा ९ र १२ वर्षीया रुबिका ज्योती मण्डल माविको कक्षा ६ मा पढ्छन् ।

आठ वर्षकी करुण देउराली आधारभूत बिद्यालयको कक्षा ३ मा पढ्छिन् । केही बर्ष बिदेश गएर फकिएपछि ख्यामबहादुरले आरा काट्ने काम गरेर परिवार पाल्दै आएका थिए । परिवारका सबै सदस्य ख्यामबहादुरको आम्दानीमा निर्भर थिए ।

सुत्केरी अवस्थाकी मनमायालाई परेको पिडा र समस्याप्रति दानीहरुले सहयोग गरेर सहानुभूति देखाएका छन् । छोरीहरुलाई लालनपालनका साथै राम्रो शिक्षा हासिल गर्ने वातावरण बनाउन सहयोग प्राप्त रकम उपयोग गर्ने मनमायाले बताउनुभयो ।


इस्टली गोर्खा नेपाली समाजले यसअघि अन्नपूर्ण गाउँपालिका–३ फगाम, ठाडा र काभ्रेका ३२ घरलाई पाँच÷पाँच हजार रुपैयाँका दरले राहत सहयोग गर्नुभएको थियो । पहिरो पिडितका लागि दाना घर भई हाल बेलायतमा रहनुभएका इस्टली गोर्खा नेपाली समाजका संस्थापक कमलबहादुर पुर्जा र संस्थाका अध्यक्ष रमनसिंह थापाको पहलमा एक लाख ५६ हजार ५५० रुपैयाँ संकलन गरेर पठाउनुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...