प्रकाश दुतराजको रिमैलाई छ दिनमा चौध लाख भ्युज

Gandaki Pardesh notice

बेनी, ९ कात्तिक । म्याग्दीका कलाकार प्रकाश दुतराजको राउटे समुदायको संस्कृति झल्कीने म्युजिक भिडिओ ‘रिमै’ ले युट्युममा राम्रो भ्युज पाएको छ ।
गायक दुतराज र चर्चित गायिका मेलिना राईको स्वर रहेको उक्त म्यूजिक भिडिओ सार्वजनिक भएको छैटो दिनसम्म चौध लाख पटक हेरिएको हो । भिडियोमा स्वयम दुतराज र केपिना गोतामेको अभिनय रहेको छ ।
ज्यामिरेको बुवा मुखियाको निधन भएको दुई दिन भएको छ । उनीहरुको प्रचलन अनुसार मुखियाको निधन भएपछि उनीहरु आफ्नो बासस्थान छोडेर नयाँ बासस्थानतर्फ सर्दैछन् । यो त सबै राउटे समुदायको बसाइसराईको कथा हो । तर, बाजकली भने ज्याामिरेको खोजीमा छन् ।
बोल्ने शैली फरक, लगाउने भेषभुषा फरक तर, आफ्नालाई गुमाउनुको पिडा सबैलाई एउटै हुने रहेछ भन्ने कथा म्यूजिक भिडिओमा समेटिएको दुतराजले बताउनुभयो । उहाँका अनुसार राउटे समुदायको कथा संस्कृति, माया, प्रेम र जिवनको कथा म्यूजिक भिडिओमा देखाउन खोजिएको छ ।
गायक दुतराजकै लिरिक्स र म्यूजिक रहेको गीतमा म्यूजिक एरेन्ज बीबी अनुरागी, मिक्सिङ श्यामस्वेत रसाइलीको रहेको छ । गत शनिबार आफ्नै युट्युव च्यानलबाट सार्वजनिक भएको भिडिओ एक दिनमा साढे तीन लाखले हेरिसकेका छन् ।
राउटे समुदाय नेपालको पश्चिम पहाडी जिल्लामा बस्ने घुमन्ते जाती हो । तीन वटा गोत्रमा समेटिएको राउटे समुदायको जनसंख्या १४१ जना मात्रै र ४१ घरधुरी रहेको छ । उजीहरु काठमा भाँडा, मधुस, ठेकी, कोसी, बनाएर जिवीकोपार्जन गर्दै आएका छन् । समुदायमा सकैको मृत्यु भएमा रितपुर्वक संस्थार गरी केहि दिन भित्रमा बसाई सर्ने उनीहरुको प्रचलन रहेको छ ।
दुुतराजको यसअघिका गित पनि चर्चीत छन् । म्याग्दीको मंगला गाउँपालिका ५ अर्मनमा जन्मिएका दुतराज सफल र चर्चीत कलाकारको रुपमा स्थापित भएका छन् ।

Bhautik ministry notice about road
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...