ताकमकोत जोड्ने पदमार्गले पूर्णता पायो

khali

ताकम, धवलागिरी गाउँपालिका–७ स्थित म्याग्दीको प्रमुुख शक्तिपिठ ताकमकोत पुुग्ने पदमार्ग निर्माण भएको छ ।

गण्डकी प्रदेश सरकारको सहयोगमा देउराली देखि ताकमकोत जोड्ने पदमार्ग निर्माण भएको हो । पर्यटन तथा उद्योग कार्यालय मार्फत बिनियोजन भएको रु. दश लाख बजेटबाट देउराली देखि ताकमकोत जोड्ने पदमार्ग निर्माणलाई पूूर्णता दिइएको धवलागिरी गाउँपालिका–७ का वडा अध्यक्ष अशोक खत्रीले जानकारी दिनुुभयो ।

“चार वर्षअघि शुुरु भएको पदमार्ग निर्माण कार्यले पूर्णता नपाउँदा भिरको उकालो बाटोमा जोखिम थियो,” उहाँले भन्नुुभयो “भिरको डिलतर्फ रेलिङ भएको पदमार्ग बनेपछि पर्यटक र भक्तजनलाई सहज भएको छ । चिप्लिएर लड्ने, घाइते हुने र दुुर्घटनाको जोखिम घटेको छ ।”

Shreekrishna hardwear in news

८७ मिटर ढुुङ्गा चिनेको सिढी, ४० मिटर रेलिङ र ७० मिटर ढलान गरिएको पदमार्ग निर्माण भएको छ । चालुु आर्थिक वर्षको बजेटबाट पदमार्ग निर्माण बाहेकका संरचना बनाउन भने बाँकी रहेको वडा अध्यक्ष खत्रीले बताउनुुभयो ।

यसअघि सहरी विकास तथा भवन डिभिजन कार्यालय बाग्लुुङले ताकम घनावस्ती विकास कार्यक्रम मार्फत करिब १०० मिटर पदमार्ग बनाइएको थियो । पदमार्ग निर्माण भएपछि यात्रा गर्न सहज र दुुर्घटनाको जोखिम घटेको ताकमकोतका पुुजारी हेमनाथ पौडेलले बताउनुुभयो । भिरको उकालो, ओरालो साँघुुरो बाटोमा चिप्लिएर लड्ने, चोटपटक लाग्ने समस्या हटेको छ ।

वडा दशैको महानवमीका दिन ताकमकोतमा पुुग्नुुभएका म्याग्दी क्षेत्र (ख) बाट निर्वाचित गण्डकी प्रदेशका भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुुर जुुग्जालीले आर्थिक वर्षको पहिलो चौमासिकमै पदमार्ग निर्माण भएकोमा खुसी व्यक्त गर्दै उपभोक्ता समितिलाई धन्यवाद दिनुुभयो ।

khali

“गत जेठमा हनुुमानजीको मुर्ति उद्घाटनमा आउँदा पदमार्ग अधुुरो भयो भन्ने गुुनासो सुुनेपछि चालुु आर्थिक वर्षको योजनामा प्रदेश सरकारबाट बजेट व्यवस्थापन गरेका थियौ,” उहाँले भन्नुुभयो “पहिलो चौमासिकमै काम सम्पन्न भएकोमा खुुसी लागेको छ । ताकमकोतमा थप पूूर्वाधार निर्माणमा प्रदेश सरकारबाट सहयोग हुुुन्छ ।”

ताकमकोतको आकर्षण बढाउन गत जेठ महिनामा १२ फिट अग्लो हनुुमानको मुर्ती राखिएको थियो । समुुदायको चन्दा र धवलागिरी गाउँपालिकाको करिब रु. ३५ लाख लगानीमा मुर्ती स्थापनाका साथै नजिकै पुरातत्व विभागका ठेकेदारले अधुरो छाडेको राम सिताको मन्दिर निर्माणलाई पूर्णता दिइएको हो ।

हनुमानको मुर्ती नजिकै पुरातत्व विभागले वि.स. २०७६ मा रु. ४२ लाखमा ठेक्का मार्फत निर्माण शुरु गरेको राम सिताको मन्दिर तीन वर्षदेखि अलपत्र परेको थियो । स्वदेश तथा विदेशमा रहेका ताकम र आसपासका गाउँका बासिन्दाहरुबाट चार वर्षअघि रु. असी लाख चन्दा जुटाएर कोतघर र अन्नपूर्ण–जगन्नाथ मन्दिरको पुननिर्माण भएको थियो । रु. १५ लाख खर्चेर जगन्नाथ र अन्नपूर्ण देवताको मुर्ती राखिएको छ ।

ताकमकोतको पुर्बाधार निर्माणमा धवलागिरी गाउँपालिका र पर्यटन मन्त्रालयले पनि करिब रु. एक करोड पचास लाख लगानी गरेका छन् । म्याग्दीको प्रमुख शक्तिपिठ मानिने ताकमकोतको जगन्नाथ अन्नपूर्ण मन्दिरमा पुजाआजा र भाकल गरेमा मनोकाक्षा पुरा हुने विश्वास रहेको ताकमका रुपक सुवेदीले बताउनुभयो ।

जगन्नाथ, अन्नपूर्ण, दुर्गा लगायत देवी देवताको मुर्ती रहेका यहाँ नवदुर्गा, जेष्ठी पुर्णीमा, मंसिर पुर्णीमा, चैत्राष्टमी पर्वका अवसरमा बिशेष मेला लाग्ने गर्छ । वि.स १२४६ देखि १५४५ सम्म बगाले थापाको र १५४६ देखि १८८२ सम्म मल्ल राजाले कोत घरको रुपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहाँसिक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाल लगायतका हातहतियार छन् ।

समुन्द्रि सतहदेखि दुई हजार ५०० मिटरको उचाईमा अवस्थित ताकमकोतबाट गुर्जा, धौलागिरि, निलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङखलाको साथै मनोरम पहाडी भुगोल, ग्रामिण बस्ती र सुर्योदयको दृष्य अवलोकन गर्न सकिन्छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...