घुमघामको योजनामा हुुनुुहुन्छ ? आलडाडाले पर्खिरहेछ

Gandaki Pardesh notice

आलडाडा, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा रहेको आलडाडा समुन्द्रि सतहदेखि दुई हजार ६२० मिटर उचाइमा अवस्थित छ । आलडाडा प्राकृतिक सौन्दर्य र रमणीय छ ।

आलडाडासम्म पुुग्ने सडक, पदमार्ग र होटलको सुविधा छ । आलडाडाँ अन्नपूर्ण गाउँपालिकाको धेरै पर्यटकीय स्थल जाने बिच बाटोमा पर्छ । डाडाको सम्मो फाँटको बिचमा रहेको आलडाडा वरपरको गुराँसको जंगलको बीचमा छ । एकान्त वातावरण, पृष्ठ भूमिमा लहरै देखिने हिमशृङखलाले मोहित बनाउँछ ।

तरतिरका ग्रामिण बस्ती, बिहान सुर्योदय र साँझमा सुर्यास्तको मनमोहक दृष्य अवलोकन गर्न पाउँदा झनै रमाइलो हुुन्छ । सहरबजारको कोलाहल र व्यस्तताबाट तनावमुक्त हुुनका लागि आलडाडा उपयुक्त ठाउँ हो ।

Shreekrishna hardwear in news

आलडाडाको पृष्ठभूमिमा सिस्ने, गुर्जा, धवलागिरी, मानापाथी, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमालको दृष्य अवलोकन गर्न सकिन्छ । हिमाल र पृष्ठभूमिमा देखिने सुर्योदय र सुर्यास्तको मनमोहन दृष्य अवलोकन गर्न सकिन्छ । गुुराँसको जंगलका साथै बिभिन्न प्रजातिका बनस्पति, जडिबुटी, बन्यजन्तु र पंक्षीहरुको पनि अवलोकन गर्न पाइन्छ ।

करबाकेली इको र अन्नपूर्ण धौलागिरी सामुदायिक पर्यावरणीय पदमार्गमा पर्ने आलडाडा करबाकेही, राम्चे, नागी, मोहरेडाडा, कालीदह, फुलबारी, पुनहिल, घोडेपानी, प्यारीबाराही र टिकोटको मध्य भागमा पर्छ । एक देखि अर्को ठाउँमा जाने पर्यटकहरुका लागि आलडाडा केन्द्र मानिन्छ । म्याग्दी, पर्वत र बागलुङका पहाडका साथै बस्तीहरुको अवलोकन गर्न सकिन्छ ।

राम्चे देखि तीस मिनेट, करबाकेही, फुलबारी र मोहरेडाडादेखि एक घण्टा, पुनहिलदेखि दुई घण्टा पैदल हिडेपछि आलडाडा पुग्न सकिन्छ । राम्चे हुदै आलडाडा जोड्ने सडक पनि छ । बस्तीदेखि टाढा रहेको आलडाडामा पुग्ने पर्यटकको सुबिधाका लागि राम्चेका भक्तबहादुर पुर्जाले होटल सञ्चालन गर्नुभएको छ ।

Bhautik ministry notice about road

होटलको छानोमा राखिएको जस्तापाटा बाहेक अन्य सबै संरचना काठका हुन् । दुई तले भवनमा बीस जना बास बस्न सक्ने दश वटा कोठा छन् । रु. ४१ लाखको लागतमा पुर्जाले स्थापना गरेको होटलका कोठाबाटै हिमाल, सुर्योदय, सुर्यास्त र जंगलको अवलोकन गर्न सकिन्छ । प्रति रात बास बस्न एक जनालाई करिब रु. एक हजार बजेट आवश्यक पर्छ ।

DCIM\100MEDIA\DJI_0295.JPG

बाँझिएर खेर गएको पाखोबारीमा होटल बनाएका पुर्जा पर्यटकको चहलपहल बढ्न थालेपछि उत्साही हुुनुुभएको छ । दश बर्ष साउदीमा रोजगारी गरेर फर्केका पुर्जाले यसअघि राम्चेमा होमस्टे (घरबास) सञ्चालन गर्नुभएको थियो ।

स्थानीय जातका कुखुरा, खरायोको मासु, कोदो, फारको रोटी, ढिडो, च्याउको तरकारी, आलुका परिकार होटलका पाहुनाले चाख्न पाउँछन् । गाईको दूध, दही, मोही खान पाइन्छ । पाहुुनालाई दूूध, दहि, मोही चखाउन पुुर्जाले गाई पाल्नुुभएको छ । अन्नपूूर्ण गाउँपालिका–८ राम्चेका वडा अध्यक्ष खम गर्बुजाले आलडाडालाई नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न पूूर्वाधार निर्माण र प्रचारप्रसारमा जोड दिएको बताउनुुभयो ।

गत वर्ष करबाकेली देखि आलडाडा हुुदै मोहरेडाडा जाने पदमार्ग र त्यसअघि राम्चे देखि आलडाडा हुुदै घोडेपानी जोड्ने सडकको मार्ग खोलिएको वडा अध्यक्ष गर्बुजाले बताउनुुभयो । पदमार्ग र सडक निर्माणलाई निरन्तता र पूूर्णता दिन पहल गरिएको उहाँले बताउनुुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...