दरवाङ–मराङ–मल्कवाङ सडक मर्मत

Sinchai Khanipani notice

बेनी । म्याग्दीको मालिका गाउपालिकाको केन्द्र दरवाङ बजारदेखि गत असारको पहिरोबाट अति प्रभावित धवलागिरी गाउँपालिका–६ मराङ र ५ नम्बर वडा मल्कवाङ जोड्ने सडक तीन महिनापछि मर्मत भएको छ ।

असार २५ र २६ गतेको भिषण बर्षापछिको पहिरोका कारण दर्जनौ ठाउँमा पहिरो र बाढीले बगाएपछि दरवाङ देखि बिम हुदै मराङ र मल्कवाङ जोड्ने सडक अवरुद्ध बनेको थियो । गाउँपालिकाको सहयोगमा मल्कवाङदेखि आरबाङ हुदै बेशी र मालिका गाउँपालिकाको लुरवाङ, अर्गला हुदै बेशी सम्म सडक मर्मत गरिएको मराङका वडा अध्यक्ष राजाराम सुबेदीले बताउनुभयो ।

“पहिरो पन्छाउने, ग्याबीयन पर्खाल लगाउने र कतिपय ठाउँमा नयाँ ट्याक खोलेर बेशी हुदै मल्कवाङ सम्म गाडी चल्न सक्ने गरि सडक मर्मत सकिएको छ,” उहाँले भन्नुभयो “बेशी देखि कुम्री, ठूलोगाउँ, राम्चे जोड्ने सडक मर्मत गर्न बाँकी छ ।”

Shreekrishna hardwear in news

पहिरो लगत्तै सुरु गरिएको सडक मर्मत गर्न करिब साढे दुई महिना लागेको हो । दरवाङ देखि लुरवाङ हुदै मालिका गाउँपालिका र लुरवाङ देखि अगाडी धवलागिरीले मर्मत गरेका हुन् । लुरवाङ हुदै मालिका–७ बिमको तल्लो गाउँ जोड्ने सडक भदौ अन्तिम सातानै मर्मत सकेर यातायात सञ्चालन भएको छ ।

Bhautik ministry notice about road

तीन महिनापछि मराङ र मल्कवाङमा सडक सञ्चालन भएको छ । कोरोनाको जोखिमका बिच एक्साभेटरका साथै स्थानीय मजदुरलाई स्वास्थ्य सतर्कता अपनाएर सडक मर्मतमा परिचालन गरिएको उपभोक्ता समितिका अध्यक्ष अमर पुनले बताउनुभयो ।

सडक मर्मत भएपछि दैनिक उपभोग्य, निर्माण, राहत सामग्री ढुवानी गर्न तथा गाउँमा उत्पादन भएका कृषि उपज निकासी गर्न सहज हुने अपेक्षा गरिएको छ । मालिका र धवलागिरी गाउपालिकामा पहिरोले क्षति पु¥याएको सडक मर्मत गर्न पचास पचास लाख रुपैयाँ बिनियोजन गरिएकोमा पहिलो चरणमा तीस÷तीस लाख उपलब्ध गराइएको जिसस प्रमुख देवेन्द्र केसीले बताउनुभयो ।

दरवाङ देखि धारापानी ताकम हुदै धवलागिरी गाउपालिकाको केन्द्र मुना जोड्ने सडक यसअघिनै मर्मत गरिएको थियो । पहिरोका कारण मराङमा १९ जना मृत्यु, २ जना बेपत्ता, बिममा ८ जना मृत्यु र एक जना बेपत्ता भएका थिए ।

धवलागिरीको वडा न. ६ मा २४, वडा न. ७ मा ४२ र ५ मा ४ घर पूर्ण रुपमा क्षति भएको छ । बिद्यालय, खानेपानी, सडक र सिचाई आयोजनाका संरचनामा ठूलो क्षति पुगेको छ । प्रारम्भिक अध्ययनका क्रममा क्षतिग्रस्त भौतिक संरचना पुननिर्माण र घरबास गुमाएकाको पुनस्थापनाका लागि २६ करोड रुपैयाँ बजेट आवश्यक पर्ने अध्यक्ष थमसरा पुनले बताउनुभयो ।

“सडक, बिद्युत, खानेपानी, सामुदायिक भवन, निजी आवास, खेतियोग्य जमिनमा क्षति पु¥याएको पहिरोले दुई वटा वडाका धेरै घरहरु स्थानान्तरण गर्नुपर्ने बनाएको छ,” उहाँले भन्नुभयो “जोखिमको अध्ययनका लागि भूगर्भबिद्को टोली, बजेट र योजनाका लागि प्रदेश र संघ सरकारसँग पहल गरेका छौ ।”

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...