ऐतिहाँसिक ताकमकोतलाई व्यवस्थित गर्न प्रदेश सरकारले जोड दिएको छ– मन्त्री जुुग्जाली

Shreekrishna hardware

बेनी ः गण्डकी प्रदेश सरकारका भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुुर जुुग्जालीले म्याग्दीको ऐतिहाँसिक ताकमकोतलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न प्राथमिकता दिने बताउनुु भएको छ ।

म्याग्दीको धवलागिरी गाउँपालिका ७ मा रहेको ऐतिहाँसिक ताकमकोतमा सोमबार महानवमी पर्वको अवसरमा आयोजित कार्यक्रममा मन्तब्य व्यक्त गर्नुुहुुदै मन्त्री जुुग्जालीले ऐतिहाँसिक सम्पदाको संरक्षण र प्रर्वद्धन मार्फत पर्यटन विकासमा प्रदेश सरकारले जोड दिएको बताउनुुभयो ।

“ताकमकोतको विकासमा समुुदाय स्तरबाट भएको पहल र सक्रीयतामा सरकारको पनि साथ छ,” उहाँले भन्नुुभयो “ताकमकोत हुुदै धौलागिरि आधार शिविर र ढोरपाटन जाने पदमार्गको विकास तथा प्रर्वद्धनमा प्रदेश सरकारले जोड दिएको छ ।” वाईसे चौवीसे राजाका पालामा तत्कालीन थापा राजाले राज्य सञ्चालन गरेको ताकमकोतको ऐतिहाँसिक र धार्मिक महत्व रहेको छ ।

Shreekrishna

मन्त्री जुग्जालीले गत जेठ महिनामा ताकमकोतमा स्थापना भएको हनुुमानजीको मुर्ति उद्घाटनका क्रममा स्थानीयले गरेको आग्रह अनुुसार प्रदेश सरकाबाट ताकमकोत जोड्ने अधुुरो पदमार्गलाई पूूर्णता दिन प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु. दश लाख बिनियोजन भएकोमा पहिलो चौमासिकमै काम सम्पन्न भएकोमा खुुसी व्यक्त गर्नुुभयो ।

Ban devision notice

मन्त्री जुग्जालीले म्याग्दीको पश्चिमी क्षेत्र हुुदै ढोरपाटन जोड्ने सडकलाई व्यवस्थित बनाउन प्रदेश सरकारले प्राथमिकता दिएको बताउनुुभयो । “बेनी देखि दरवाङ जोड्ने सडक कालोपत्र हुुदैछ, दरवाङ देखि धारापानी जोड्ने सडक ग्राभेल गर्ने काम अन्तिम चरणमा छ,” उहाँले भन्नुुभयो “धारापानीदेखि ताकम हुुदै मुुना जोड्ने सडक कालोपत्र गर्न प्रदेश सरकारले यस वर्ष रु. पाँच करोड बजेट बिनियोजन गरेको छ । ढोरपाटन जोड्ने सडकलाई व्यवस्थित गर्ने प्रयासमा छौ ।”

बेनी दरवाङ ताकम मुुना जलजला ढोरपाटन हुुदै रुकुुम जोड्ने सडक मध्य पहाडी लोकमार्गको बाग्लुुङ खण्ड भन्दा करिब ७० किलोमिटर छोटो हुुने भएकाले यसलाई बैकिल्पिक सडकका रुपमा निर्माण गर्न लागिएको बताउनुुभयो । दरवाङ देविस्थान जुुग्जा हुुदै ताकमकोत जोड्ने सडकका लागि पनि प्रदेश सरकारबाट चालुु आर्थिक वर्षमा दुुई वटा शिर्षकमा रु. दुुई करोड बिनियोजन भएको मन्त्री जुुग्जालीले बताउनुुभयो ।

धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुुन, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, धवलागिरीका उपाध्यक्ष रेशम पुुनमगर लगायत उपस्थित कार्यक्रममा ताकमका पुुर्व वडा अध्यक्ष कलानिधी शर्माले ताकमकोतको ऐतिहाँसिक र धार्मिक महत्वका विषयमा जानकारी गराउनुुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...