वडा अध्यक्ष खत्रीले आठौ पटक जित्नुुभयो ताकमकोतको छेलो प्रतियोगिताको उपाधी

khali

बेनी, म्याग्दीको धवलागिरी –७ स्थित ऐतिहासिक ताकमकोतमा आयोजना गरिदै आएको छेलो फाल्ने प्रतियोगितामा ताकमका अशोक खत्री आठौ पटक विजयी हुुनुुभएको छ ।

आठ दशमलब पाँच किलोग्राम तौल भएको फलामको छेलोलाई सहभागी मध्य सबैभन्दा टाढा फालेका ताकमका वडा अध्यक्ष समेत रहनुुभएका खत्रीलाई आयोजकले पहलमान घोषणा गरेका थिए ।

प्रतियोगितामा ताकम र आसपासका गाउँका १८ जना युवाहरुले सहभागिता जनाएका थिए । पश्चिम म्याग्दीको महत्वपूर्ण शक्तिपिठ मानिने ताकमकोतको छेलो प्रतियोगितामा बिजयी हुनेलाई सो क्षेत्रमा पहलमान मान्ने गरिन्छ ।

Shreekrishna hardwear in news

हरेक वर्ष महानवमी पर्वको अवसरमा छेलो फाल्ने प्रतियोगिता आयोजना गरेर पहलमान पहिचान गर्ने चलन रहेको छ । खत्रीले आठौ पटक पहलमानको उपाधी जित्दा यसअघि २०७८ र २०७९ मा विजयी हुुुनुुभएका मालिका गाउँपालिका १ निस्कोटका याम परियार दोस्रो बन्नुुभयो ।

khali

यसअघि बि.स. २०७० देखि ७६ सम्म सात वटा उपाधी जितेका केसीले २०७८ मा सहभागिता जनाउनुुभएको थिएन् । २०७९ मा यामसँग पराजित हनुुभएको थियो । निरन्तरको अभ्यास, शारिरिक ब्यायम र स्वच्छ खानपानले उपाधी जिताउन सहयोग गरेको खत्रीले बताउनुभयो ।

विजयी खत्रीलाई गण्डकी प्रदेशका भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुुर जुुग्जाली, धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेम पुुन, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुुनमगर, पुुर्व उपध्यक्ष रेशम छन्त्याल लगायतले फेता गुटाएर सम्मान गर्नुुभएको थियो ।

म्याग्दीको प्रमुख शक्तिपिठ ताकमकोतमा जगन्नाथ, अन्नपूर्ण, दुर्गा लगायत देवी देवताको मुर्ती रहेका यहाँ नवदुर्गा, जेष्ठी पुर्णीमा, मंसिर पुर्णीमा, चैत्राष्टमी पर्वका अवसरमा बिशेष मेला लाग्ने गर्छ ।

वि.स १२४६ देखि १५४५ सम्म बगाले थापाको र १५४६ देखि १८८२ सम्म मल्ल राजाले कोत घरको रुपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहाँसिक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाल लगायतका हातहतियार छन् ।

जगन्नाथ अन्नपूर्ण मन्दिरमा पुजाआजा र भाकल गरेमा मनोकाक्षा पुरा हुने विश्वास छ । यस वर्षको दशैको नवमीका दिन करिब पाँच हजार जनाले ताकमकोतमा पुजाआजा गरेका पुजारी गोविन्द पौडेलले बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...