उपल्लो मुस्ताङलाई निषेधित क्षेत्रबाट हटाउन माग

Shreekrishna hardware

जोमसोम, मुस्ताङको तीन वटा स्थानीय तहलाई निषेधित क्षेत्रबाट हटाउन स्थानीयले माग गरेका छन् । लोमान्थाङ, लोघेकर दामोदरकुण्डको सबै र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको वडा नम्बर ३ लाई सरकारले निषेधित क्षेत्र तोकेको छ ।

निषेधित क्षेत्रमा बढी शूल्क तिर्नुपर्ने हुँदा पर्यटक आगमन बढ्न नसक्दा स्थानीयको जनजिवन तथा आर्थिक गतिबिधि प्रभावित भएकाले निषेधित क्षेत्र हटाउन माग गरिएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरुङले बताउनुभयो ।

“उपल्लो मुस्ताङलाई निषेधित क्षेत्र कायम राख्न पर्यटक आगमनमा कमी भई यहाँको पर्यटन व्यवसाय प्रभावित भएको छ,” उहाँले भन्नुभयो “शुल्क समेत अत्यधिक बढी भएको हुनाले उक्त निषेधित क्षेत्रलाई हटाउन माग गरेका हौ ।”

Shreekrishna

गत बुधबार मुस्ताङ आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र वन तथा वातावरण मन्त्री डा. विरेन्द्रकुमार महतोसँग तीन वटा स्थानीय तहका अध्यक्षहरुले निषेधित क्षेत्र हटाउन माग गरिएको स्थानीयबासी, होटल व्यवसायी र गाउँपालिकाको निर्णय सहितको निवेदन बुझाउनु भएको थियो ।

यसअघि गत भदौमा मुस्ताङ आउनुभएका गृहमन्त्री नारायणकाजी श्रेष्ठ र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग पनि स्थानीय तहका जनप्रतिनिधिले निषेधित क्षेत्र हटाउन माग राख्नुभएको थियो ।

Ban devision notice

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकयाप)मा समेटिएको उपल्लो मुस्ताङ भ्रमण गर्न विदेशी पर्यटकले दश दिनका लागि पाँच सय अमेरिकी डलर शूल्क तिर्नुपर्छ । दश दिनभन्दा बढी भ्रमण गर्न प्रतिदिन रु. पचासका दरले शूल्क तिर्नुपर्ने नियम छ । मुस्ताङका साथै मनाङ र गोरखाको केही भूगोललाई सरकारले निघेधित क्षेत्र घोषणा गरेको छ ।

निषेधित क्षेत्र कायम गरेका कारण विदेशीहरु सजिलै छिर्न नपाउने र स्थानीयको आर्थिक उपार्जनमा समस्या भएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बताउनुभयो ।

आर्थिक वर्ष २०७९÷०८० मा मुस्ताङमा ७१ हजार ७०७ जना विदेशी पर्यटक आएकामा अर्ध निषेधित क्षेत्रका रुपमा रहेको उपल्लो मुस्ताङमा तीन हजार ३८८ जना पर्यटकले भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन आयोजनाले जनाएको छ । अन्य वर्षमा पनि वार्षिक तीन हजार जनाको हाराहारीमा पर्यटक उपल्लो मुस्ताङ जाने गरेका छन् ।

चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा क्षेत्रमा रहेको उपल्लो मुस्ताङलाई सरकारले अर्ध निषेधित क्षेत्र घोषणा गरेको छ । सरकारले सन १९९२ मा उपल्लो मुस्ताङमा पर्यटकलाई भ्रमणका लागि खुल्ला गरेको थियो ।

सवै वर्ग र आर्थिक हैसियतका पर्यटकका लागि अनुकुल हुने किसिमको शूलक निर्धारण र प्रक्रीया बनाउन आवश्यक रहेको गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले बताउनुभयो । कलात्मक पहाड, उजाड मरुभूमिजस्तै भूगोल, माटोले बनाइएका घर, हिमाली जीवनशैली, पुरानो तिब्बती संस्कृति, ऐतिहाँसिक महत्वका दरबार, गुम्बा, छोर्तेन, कोरला नाका उपल्लो मुस्ताङका आकर्षण हुन् ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...