बेनी अस्पतालमा सेवा र सुबिधा थपिदै

Gandaki Pardesh notice

आँखाको उपचार पनि सुरु

बेनी । म्याग्दीको सदरमुकाम स्थित बेनी अस्पतालले आइतबारदेखि आँखा उपचार सेवा सुरु गरेको छ ।

सामाजिक विकास मन्त्रालयको सहयोगमा आँखाको सामान्य र जटिल समस्याको उपचार सहितको सेवा सुरु गरेको हो । आँखा सम्बन्धी समस्या भएका बिरामीको बढ्दो चापका कारण छुट्टै शाखा स्थापना गरेर सेवा सुरु गरेको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।

Shreekrishna hardwear in news

“आँखा उपचार लगायतका सेवा थप गर्न यही जिल्लाबाट निर्वाचित सामाजिक विकास मन्त्री नरदेवी पुनको बिशेष योगदान छ,” उहाँले भन्नुभयो “अस्पतालमा अत्याधुनिक उपकरणहरु, जनशक्ति, पुर्बाधार र सुबिधा थपिदै गएका छन् ।”

अनुभवी स्वास्थ्यकर्मी र आधुनिक उपकरण भएको आँखा उपचार शाखा स्थापना भएको अवसरमा एक महिनासम्म निशूल्क सेवा उपलब्ध गराउने अस्पतालले घोषणा गरेको छ ।

Bhautik ministry notice about road

शाखामा आँखाको समान्य र जटिल समस्याको उपचारका साथै पोखरा, काठमाण्डौका विशेषज्ञ डाक्टरहरुसँग समन्वय गरिने शाखाकी प्रकृति ढुंगानाले बताउनुभयो । उहाँले स्वास्थ्य बीमाकार्डबाट १ हजार मुल्य सम्मको चस्मा समेत पाईने, नाम दर्ता लगायतका सेवाहरु कार्डबाटै हुने जानकारी दिनुभयो ।

अस्पतालले दशै लगत्तै फोकस लेन्ससहितको चस्मा, धातुको फ्रेम भएको लेन्स र प्लास्टिक फ्रेम भएको लेन्ससहितको चस्मा लगायत आवश्यक औषधी समेत अस्पताल भित्रैबाट वितरण गर्ने भएको छ ।

भविष्यमा शल्यक्रिया सहितको सेवालाई समेत प्राथमिकता दिएको छ । बेनी अस्पताल भित्रको सेवालाई सबै स्थानीय तहमा जनचेतनामुलक सन्देशमार्फत प्रचारप्रसार समेत गर्ने भएको छ । बेनीमा नेत्रज्योती संघमार्फत सञ्चालित आँखा केन्द्रमार्फत समेत आँखा उपचार सेवा दिइरहेको छ । लायन्स क्लवमार्फत मोतियाबिन्दु शल्यक्रिया सेवा सहितको शिविर सञ्चालन गरिदै आएको छ ।

बेनी अस्पतालले गत साउनदेखि मृगौलाका बिरामीहरुको डायलाइसीस सेवा सुरु गरेको थियो । तीन वटा भेन्टिलेटर सहित पाँच शैया क्षमताको आइसीयु सेवा पनि सुरु गरेको छ । बेनी अस्पतालको जटिल प्रकृतिको शल्यक्रिया मार्फत गराइने प्रसुति सेवा लिन छिमेकी जिल्लाका गर्भवतिहरुले पनि सुबिधा पाएका छन् ।

अक्सीजन पलान्ट र शव नसड्ने गरि राख्नका लागि दुई व्यक्ति क्षमताको मर्चरी च्याम्बर स्थापना भएको छ । अस्पतालमा उत्पादन हुने मेडिकल जन्य फोहोरको ब्यवस्थापन गर्ने भवन निर्माण र उपकरणको व्यवस्था गरिएको छ ।

अस्पतालको नयाँ भवन निर्माणलाई पूर्णता दिनुका साथै सिटिस्क्यान र थाइराइड परिक्षण, इको मेसिन, एमआरआई लगायतका सुबिधा थपका लागि पहल गरिएको अध्यक्ष कटुवालले बताउनुभयो । वि.स २०७२ मा १५ बाट पचास शैया क्षमतामा स्तरोन्नति भएको अस्पतालमा नयाँ भवन निर्माण कार्यले गति लिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...