असी वर्ष पुरानो चौतारी मर्मत गरेर बेञ्च राखियो

Shreekrishna hardware

बेनी, बेनीस्थीत बिरेन्द्रचोक टोल विकास समितिले लायन्स क्लवको सहयोगमा ८० बर्ष पूरानो चौतारीको रंगरोगन, मर्मत तथा बस्ने बेन्च राखेको छ ।

जिल्लाको प्रमुख प्रशासनीक केन्द्र बिरेन्द्रचोकको चौतारीमा बटुवालाई बस्न असहज भएपछि लायन्स क्लव अफ बेनी महारानीले फलामको बेन्च र लायन्स क्लब अफ बेनी सिटीले रंगरोगनमा सहयोग गरेको छ ।

शनिबार विजय दशमी तथा शुभ दिपावलीको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सदरमुकाम बेनीको सबैभन्दा ठूलो र धेरै बटुवाहरू बस्ने चौतारीको मर्मतसम्भार तथा आराम गर्ने बेन्च थपिएको टोल सुधार समितिका अध्यक्ष महेन्द्र श्रेष्ठले बताउनुभयो ।

Shreekrishna

गण्डकी प्रदेशका मुख्य न्यायधिवक्ता चिरञ्जीवि शर्माको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा लायन्स क्लव महारानीकी अध्यक्ष जुनु उदास श्रेष्ठ र लायन्स क्लव बेनी सिटीका अध्यक्ष अन्जित खानलाई कदरपत्र सहित सम्मान गरिएको थियो ।

Ban devision notice

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले टोलबासीको सहकार्यबाट धेरै रचनात्मक कार्य भएको बताउँदै पूरानो चौतारी संरक्षणमा निरन्तर सहयोग आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै बेनी नगरपालिका वडा नं ७ का वडा अध्यक्ष एवम् नगरका प्रबक्ता रमेशकुमार श्रेष्ठले वडाभित्रको नमुना टोलको रुपमा स्थापित बिरेन्द्रचोकलाई आवश्यकता अनुसारको सहयोग गर्ने बताउनुभयो ।

सोही अवसरमा नेपाल भाषा मंकाःखलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, टोल विकास समितिका निर्वतमान अध्यक्ष दलप्रसाद श्रेष्ठ, सल्लाहकार कुलप्रसाद श्रेष्ठ, लायन्स क्लव महारानीकी अध्यक्ष जुनु उदास श्रेष्ठ, लायन्स क्लव बेनी सिटीका अध्यक्ष अन्जित खानले समेत मन्तब्य राख्नुभएको थियो ।

स्वर्गीय सन्तप्रसाद बद्रचार्यले बि.स २००० मा रोपेको पिपलको बोटमा थप फलामको बेन्च र भर्याङ हाल्ने प्रतिबद्धता लायन्स क्लव अफ महारानीले गरेको छ । सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रमको अध्यक्षता श्रेष्ठ, स्वागत कोषाध्यक्ष प्रतिक्षा श्रेष्ठ र सञ्चालन सल्लाहकार हरिकृष्ण गौतमले गर्नुभएको थियो ।

बि.स २०७२ सालमा स्थापना भएको टोल विकास समितिले दैनिक सरसफाई, पिपलको बोट नजिकै खानेपानी पुष्पबाटिका सरसफाई सहित विभिन्न कार्यक्रम गदैं आइरहेको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...