अनाथ बालबालिकालाई न्यानो कपडा

Gandaki Ghumau

बेनी, विजय दशमीको उपलक्ष्यमा मोना कतार बहुउद्देश्यीय अक्षय कोषले म्याग्दीको सदरमुकाम बेनीस्थित बालगृहमा रहेका अनाथ बालबालिकाकालाई दशैंको अवसरमा नयाँ कपडा उपहार प्रदान गरेको छ ।

कतारमा रहेका म्याग्देलीको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले जन्मभूमिमा सामाजिक एवम् मानवीय सेवा सहितका कार्य गर्न स्थापता गरेको कोषले दशैंमा नयाँ कपडा सहयोग गदैं नेपाल बालसंगठन म्याग्दीद्वारा सञ्चालित बेनीका बालगृहका अनाथ बालबालिकाको साथमा दसैँ मनाएका हुन् ।

मोना कतारका अध्यक्ष राजु पौडेलले दशैमा नयाँ लुगा लगाउने र मिठो खाने चलन रहेकाले अभिभावक नभएका ८ जना प्रत्येक बालबालिकालाई नयाँ कपडा सेट सहयोग गरेको बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

उहाँले कतारमा समस्यामा परेका म्याग्देलीदेखि जन्मभूमिा आवश्यक परेका क्षेत्रमा सहयोग गर्न कोष स्थापना गरिएकाले बालगृहमा आउँदा वर्षमा पनि सहयोग गर्दै जाने बताउनुभयो । बालबालिकालाई रु. १५ हजार बराबरको सहयोग हस्तान्तरण गरिएको थियो ।

अभिभावकविहीन बालबालिकालाई दशैंको मुखमा सहयोग गर्न पाएकोमा मोना कतार बहुउद्देश्यीय अक्षय कोषका सदस्यहरुले आफूहरू हर्षित भएको बताएका छन् । सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल बाल संगठनका अध्यक्ष राजेश शाक्यले बालगृहका बालबालिकालाई कुनैपनि समस्या हुन नदिने गरी विभिन्न ब्यक्ति र संस्थाबाट प्राप्त सहयोगलाई सदुपयोग गरिएको बताउनुभयो ।

बाल संगठनमा म्याग्दीमा अभिभावकविहिन भएका बालबालिकाको बसोबास रहेको छ । कार्यक्रममा म्याग्दी भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँ, बाल संगठनका सचिव सन्दिप खत्री लगायतको उपस्थिति रहेको थियो । सहयोग हस्तान्तरण कार्यक्रमको अध्यक्षता कोषका राजु पौडेल र स्वागत तथा सञ्चालन कोषका कार्यसमिति सदस्य हरिकृष्ण गौतमले गर्नुभएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...