खेलकुदको विकासमा प्राथमिकता ः सांसद गर्बुजा

Gandaki Pardesh notice

निस्कोट । म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले खेलक्षेत्रको विकासका लागि प्राथमिकता दिने बताउनु भएको छ ।

मालिका गाउँपालिका–१, निस्कोटमा संचालित विविध खेलकुद, सांस्कृतिक मेलालाई शनिबार सम्बोधन गर्दै सांसद गर्बुजाले यस्तो बताउनुभएको हो ।

‘खेलमैदान लगायत पुर्वाधार निर्माण, विकास र प्रवद्र्धनका लागि स्थानीय, प्रदेश र संघीय सरकार बिच समन्वय एवं सहकार्य गरेर अगाडि बढ्न आवश्यक छ,’ सांसद गर्बुृजाले भन्नुभयो ।

Shreekrishna hardwear in news

उहाँले गाउँ–गाउँमा सञ्चालित खेलकुद प्रतियोगिताले खेल क्षेत्रको प्रवद्र्धन, संस्कृतिको जगेर्ना र खेल प्रतिभाको पहिचानमा मद्दत पुगेको बताउँदै प्रतियोगितालाई थप स्तरीय र व्यवस्थित बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । फरक प्रसंगमा निस्कोटमा रहेको सुकुम्वासी समस्या समाधानका लागि आफुले सहयोग गर्ने बताउँनुभयो ।

Bhautik ministry notice about road

कार्यक्रममा गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले खेल प्रतियोगिताले खेल प्रतिभाको पहिचान र खेल क्षेत्रको प्रवद्र्धनमा सहयोग पुगेको बताउँदै गाउँपालिकाले खेलक्षेत्रको विकासका लागि सहयोग गर्ने बताउनुभयो । उहाँले बजेट प्रर्याप्त नहुँदा ठुला पुर्वाधार निर्माण गर्न नसकिएको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका उपसभापति हरिकुमार श्रेष्ठले खेलप्रतियोगितालाई शान्तिपुर्ण, मर्यादित रुपमा सम्पन्न गर्न शुभकामना व्यक्त गर्दै खेलक्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

क्लब अध्यक्ष नरेश पुन मगरले मौलिक कला संस्कृतिको जगेर्ना ,खेलप्रतिभाको पहिचान र खेलकुदको प्रवद्र्धन गर्ने उद्धेश्यले मेला संचालन गरिएको बताउँनुभयो । उहाँले पुर्वाधार निर्माणको लािग सहयोग गर्न गाउँपालिका र संघिय सरकारलाई आग्रह गर्नुभयो ।

कमल सापकोटाले संचालन गर्नुभएको कार्यक्रममा क्लब सचिव पुकार घर्तीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा आर्थिक सहयोग गर्ने चन्दादाताहरुलाई सम्मान गरिएका् थियो । क्लब सचिव घर्तीका अनुसार कात्तिक ६ गते सम्म सञ्चालन हुने मेलामा पुरुष फाइभ ए साइड फुटसल, पुरुष र महिला भलिबल, तारो खेल लगायत प्रतियोगिताहरु संचालन भएका छन् । साथै सोही अवसरमा वडा कार्यालयले पञ्चेबाजा समुहलाई रु. ६० हजार हजार मूल्य बराबरको बाजा सामग्री सहयोग गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...