रत्नेचौरमा रोटेपिङ हालिदै

Gandaki Pardesh notice

रत्नेचौर, । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा दशै तिहार पर्वलाई लक्षित गरेर रोटेपिङ हाल्न स्थानीय युवा जुटेका छन् ।
दसै तिहारमा लिंगे र रोटे पिङ हाल्ने चलन छ । वर्षमा एक दिन भुई छाड्नुपर्छ भन्ने बुढापाकाको भनाई छ । रोटे र लिंगे पिङमा बालबालिका देखि जेष्ठ नागरिकहरु पनि रमाउने गर्छन् ।
स्थानीय युवाहरु मिलेर रोटेपिङ हालिएको रत्नेचौरका कुशल शर्माले बताउनुभयो । शनिबार देखि रोटेपिङ सञ्चालन गर्ने तयारी भएको शर्माले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...