दम र फोक्सोको समस्याले थलिएका पटेललाई गंगा जिसी फाउण्डेशनको सहयोग

Beni Sanjibani

बेनी । दम र फोक्सो सम्बन्धी समस्याले थलिएका म्याग्दीको मालिका गाउँपालिका–३ डाडाँगाउँका दलराम पटेलको उपचारका लागि बेनीको परोपकारी संस्था गंगा जिसी फाउण्डेशनले सहयोग गरेको छ ।

कमजोर आर्थिक अवस्थाका कारण काठमाडौको मनमोहन मेमोरियल अस्पतालबाट फर्कीएका पटेललाई फाउण्डेशनले दुई वटा अक्सिजनको ब्यवस्था मिलाएको छ । पटेलले प्रयोग गर्ने औषधी र सिलिण्डर ढुवानीको समेत ब्यवस्था मिलाएको फाउण्डेशनका अध्यक्ष नारायण जिसीले बताउनुभयो ।

“काठमाडौमा उपचार गर्न नसकेर आएका उनि बेनीमै अलपत्र परेको खबर पाएपछि तत्कालै अक्सिजन सिलिण्डर र औषधीको ब्यवस्था मिलाएर घर पठाएको छु,” उहाँले भन्नुभयो “उहाँ बाचुञ्जेल सम्म अस्सिजन सिलिण्डर औषधी उपलब्ध गराउछौ ।”

Mangala Health notice about Je
Beni nagarpalika ko janahit ma jari notice

काठमाडौबाट बेनीमा आएर अलपत्र परेका पटेल बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका फाउण्डेशनका उपाध्यक्ष बेलबहादुर कटुवाल मार्फत जिसीको सम्पर्कमा पुग्नुभएको थियो ।

जिसीले सानै उमेरमा दिवंगत भएकी आफ्नी बहिनी गंगाको नाममा स्थापना गरेको फाउण्डेशनबाट बिपन्न बिरामीको उपचार, अशक्त, असाहय, गरिबहरुलाई सहयोग, शिक्षा स्वास्थ्य लगायत सामाजिक काममा सघाउनुभएको छ ।

बाढी पहिरो पिडित, घाइते, जटिल अवस्थाका सुत्केरी, गर्भवतिको उद्धार र राहत सामग्री ढुवानीमा पनि फाउण्डेशनबाट सहयोग गर्नुभएको छ ।

Mangala gaupalika Health notice about rebise
प्रतिक्रिया दिनुहोस
Loading...