बेनी नगरपालिकाले दियो सहकार्यको सन्देश

Shreekrishna hardware

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले दशै, तिहार, छठ लगायत चाडपर्वको अवसरमा शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेर सहकार्यको सन्देश दिएको छ ।

जिल्ला सदरमुकाम समेत रहेको बेनी नगरपालिकाले जिल्लाबाट संघीय र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद, पुर्व सांसद, विभिन्न राजनीतिक दल, कार्यालय प्रमुख, सुरक्षा अधिकारीहरुलाई बोलाएर चियापान, शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको थियो ।
एक वर्षअघिको चुनावी प्रतिस्पर्धाको तित्ततालाई भुलाएर जिल्लाको विकास र सम्बृद्धीका मुद्दामा साझा धारणा बनाउने र सहकार्यको वातावरण बनाउन जनप्रतिनिधि तथा राजनीतिकर्मीहरुले पहल गरेको देखिन्छ ।

बिहिबार नेकपा माओवादी केन्द्रको बेनी नगर कमिटिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमका सहभागीहरुले पनि विकास र जनसरोकारका विषयमा सहकार्य गर्न तयार रहेको बताएका थिए ।

Shreekrishna

नगर प्रमुख सुरत केसीले सबै तहका जनप्रतिनिधिहरुमा काम गर्ने हुतहुति रहेको र कार्यकालको बाँकी अवधिलाई परिमाणमुखी बनाउन जनप्रतिनिधि तथा राजनीतिक तहमा सहकार्य तथा प्रशासकहरुबाट सहजिकरणको भूमिका हुनुपर्ने बताउनुभयो ।

Ban devision notice

सोही कार्यक्रममा सहभागी संविधानसभा सदस्य गोविन्द पौडेलले अहिलेको राजनीतिक उपलब्धीको रक्षा र संस्थागत गर्न जनआन्दोलनमा जस्तै सामाजिक न्याय, शुसासन, विकास र सम्बृद्धीको मुद्दामा एक भएर अघि बढ्ने प्रेरणा चाडपर्वले दिनुपर्ने बताउनुभयो ।

संविधानसभाका सदस्य रेशमबहादुर बानियाले स्थानीय तहहरुले योजना निर्माणका चरणमा सरोकारवालाहरुको सुझाव लिएर कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारीले जिल्लामा भित्रिएको विकास योजना र बजेटको प्रभावकारी कार्यान्वयनका लागि तिनै तहका जनप्रतिनिधिहरुबीच सहकार्यको आवश्यकता रहेको बताउनुभयो ।

प्रमुख अतिथिको रुपमा प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)लाई बोलाइएको थियो । तर भिरबाट लडेर ज्यान गुमाएका नेपाली काँग्रेस अर्मन गाउँ सभापतिको मलामी गएकाले गर्बुजा कार्यक्रममा सहभागी हुनुभएन् ।

कार्यक्रममा जिसस प्रमुख राजकुमार थापा, नगरउपप्रमुख ज्योती लामिछाने, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, गैरसरकारी संस्थाका अध्यक्ष दिपक पौडेलले शुभकामना मन्तव्य राख्दै हुने खानेभन्दा पनि हुदाँ खाने जनतालाई लक्षित गरेर काम गर्न जिल्लामा सबै एकवद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले स्वागत गर्नुभएको कार्यक्रमको संचालन प्रशासकीय अधिकृत युवराज थापाले गर्नुभएको थियो । म्याग्दीका तीनै तहका जनप्रतिनिधिहरुले सहकार्य र जिल्लाको मुद्दामा साझा धारणा बनाउनुपर्ने आवश्यकता महशुस गरेपनि समन्वय गर्ने संवैधानिक जिम्मेवारी पाएको जिल्ला समन्वय समितिले पहलकदमी लिन नसकेको देखिन्छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...