बेनी अस्पतालमा बिहान ७ देखि साँझ ८ बजेसम्म र सार्वजनिक विदाका दिनपनि बहिरंग सेवा दिन थाल्यो

Gandaki Pardesh notice

बेनी, ः सरकारी स्वामित्वको बेनी अस्पतालले अतिरिक्त समय र सार्वजनिक विदाका दिनमामा बहिरंग सेवा प्रवाह गर्न थालेको छ ।

बिहान ९ देखि दिउँसो ४ बजेसम्म मात्र सञ्चालन हुदै आएको बहिरंगको सेवा प्रवाह हुने समय अवधी दैनिक ६ घण्टा थपिएको हो । बिहान ७ देखि साँझ ८ बजेसम्म बहिरंग कक्षबाट सेवा दिन थालिएको अस्पतालले जनाएको छ ।

असोज २१ गतेदेखि परिक्षणका लागि शुरु गरिएको अतिरिक्त समयमा प्रवाह हुने सेवालाई बिहिबारदेखि औपचारिक रुपमा निरन्तरता दिइएको अस्पतालका प्रमुख डाक्टर अञ्जु थापाले बताउनुभयो । “एक हप्ता परिक्षण गरेर अतिरिक्त समयमा बहिरंग कक्षको सबै सेवा सञ्चालन गरेका छौ,” उहाँले भन्नुभयो “दैनिक साठी जना भन्दा बढीले अतिरिक्त समयमा सेवा लिनुहुन्छ ।”

Shreekrishna hardwear in news

कार्यालय समयमा अस्पतालमा लाइन बसेर सेवा लिन नसक्ने मजदुर, विद्यार्थी, कर्मचारी, व्यवसायीको सुविधा, दिउँसोको समयमा हुने सेवाग्राहीको चाप घटाउने र निजी क्लिनिकमा सेवा लिनुपर्ने समस्या न्युनीकरणका लागि अतिरिक्त समयमा सेवा सञ्चालन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताउनुभयो ।

“समय व्यवस्थापन गर्न नसक्ने समूहलाई अस्पतालको सेवाको पहुँचमा ल्याउन अतिरिक्त समयमा बहिरंग कक्ष चलाउन थालेका हौ,” उहाँले भन्नुभयो “अस्पतालमा चिकित्सकको सेवा पाएपछि निजी क्लिनिकमा जथाभावी उच्च डोजको औषधी किनेर उपभोग गर्ने र अन्तिम अवस्थामा सरकारी अस्पताल आउने समस्या न्युनीकरण हुने अपेक्षा गरेका छौ ।”

Bhautik ministry notice about road

अतिरिक्त समयमा सेवा दिने चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई कामको आधारमा भक्ता दिने व्यवस्था मिलाइएको छ । अतिरिक्त समयमा सेवा लिए वापत सर्वसाधारणले थप शूल्क तिर्नुपर्दैन् । अस्पताल व्यवस्थापन समिति मार्फत दुई जना चिकित्सक, एक जना फार्मेसी सहायक, एक जना रेडियोग्राफर र दुई जना सुरक्षा गार्ड नियुक्त गरेको छ ।

हाल दुई जना विशेषज्ञ चिकित्सक र पाँच जना मेडिकल अधिकृत रहेको अस्पतालले लोक सेवा आयोजबाट केही दिनमै प्राबिधिक नियुक्त भएर आएपछि प्रयोगशालाको सेवा पनि सहज हुने जनाएको छ । सेवा विस्तारको शुभारम्भ गर्नुहुदै गण्डकी प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री शुसिला सिम्खडाले जनशक्ति अभाव हुन नदिने बताउनुभयो ।

“सिमित जनशक्ति र पूर्वाधारका बिच पनि अतिरिक्त समयमा सेवा दिने बेनी अस्पतालको कार्यक्रमलाई मन्त्रालयले पूर्ण साथ दिन्छ,” उहाँले भन्नुभयो “दरबन्दी अनुसारको पदपुर्ति गराउन बेनी अस्पतालबाटै शुरु गर्छौ । अतिरिक्त सेवा दिने कार्यक्रम अन्य अस्पतालमा पनि विस्तार गर्छौ ।”

मन्त्रालयका स्वास्थ्य महानिर्देशक खिमबहादुर खड्काले गण्डकी प्रदेशमै पहिलो पटक बेनी अस्पतालले अतिरिक्त सेवा दिन थालेको र यसलाई निरन्तरता दिन मन्त्रालयले सहयोग गर्ने बताउनुभयो । बेनी नगरपालिकाका प्रमुख सुरत केसी र प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले अस्पतालले सुरु गरेको अतिरिक्त समयमा सेवा प्रवाह गर्ने कार्यलाई निरन्तरताका लागि जनशक्तिको कमी प्रमुख चुनौति रहेको बताउनुभयो ।

वि.स. २०७२ मा १५ बाट ५० शैयामा क्षमता विस्तार भएको अस्पतालले अहिले १५ शैयाकै दरबन्दिबाट ७८ शैया बराबरको सेवा सञ्चालन गर्नुपरेको छ । दैनिक २०० देखि २५० जनाले अन्तरंग विभागबाट सेवा लिने गरेका छन् ।

अस्पतालले अन्तरंग र बहिरंग विभागका अलावा शल्यक्रिया मार्फत प्रसुति, एपेन्डिसाइटिस, हर्नियाको उपचार, हाडजोर्नी, दन्त, आँखा, बच्चा उपचार कक्ष, हिंसा प्रभावितहरुका लागि अल्पकालिन सेवा केन्द्र, डायलाइसीस सेवा सञ्चालन गर्दै आएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...