मंगलामा अत्यावश्यक बाहेकका सेवा बन्द

Beni Sanjibani

बेनी । कर्मचारीमा कोरोना (भाइरस)को संक्रमण पुष्टि भएपछि म्याग्दीको मंगला गाउँपालिकाले आइतबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले एक सूचना जारी गर्दै कार्यालयका अत्यावश्यक र आन्तरिक काम बाहेक अन्य सेवाहरु अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द गरिएको जानकारी गराउनुभएको हो ।

कार्यालयबाट खुलाइएका ठेक्काहरुको लागि प्रस्ताब बुझाउने, खोल्ने काम भने स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरेर गरिने प्रशासकीय अधिकृत ढुङ्गानाले जनाउनुभयो । वडा कार्यालयको सेवा पनि नरोकिने पालिकाले जनाएको छ ।

Mangala Health notice about Je

“संक्रमित कर्मचारीलाई बेनीको आइसोलेशनमा र उनको सम्पर्कमा रहेका ५ जनालाई होम क्वारेन्टिनमा राखिएको छ,” उहाँले भन्नुभयो “कन्ट्याक्ट ट्रेसिङको रिपोर्ट नआउँदा सम्म उच्च सतर्कता अपनाएर सेवा प्रवाह बन्द गर्ने निर्णय गरेका हौ ।”

Beni nagarpalika ko janahit ma jari notice

संक्रमित कर्मचारीको सम्पर्कमा रहेकाहरुलाई होम क्वारेन्टिनमा बस्न, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न र कुनै स्वास्थ्य समस्या देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न आग्रह गरिएको छ ।

कन्ट्याक ट्रसिङमा परेका मंगला गाउँपालिका–४ की २६ वर्षिया महिला र मंगला–५ का २४ वर्षका पुरुषमा शनिबार कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य अवस्था सामान्य भएका उनिहरु बेनीको आइसोलेशनमा छन् ।

म्याग्दीबाट हालसम्म एक हजार ७३२ वटा स्वाबको नमुना संकलन गरेर परिक्षणका लागि पठाइएकोमा एक हजार ७१२ वटाको नतिजा आएको छ । म्याग्दीमा कोरोना संक्रमितको संख्या ६९ जना रहेको छ । ५१ जनाले कोरोना जितेर घर गएका छन् ।

स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले परिक्षणका लागि रिपोर्ट दिएकाहरु क्वारेन्टिनमा बस्न र स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न आग्रह गर्नुभएको छ ।

Mangala gaupalika Health notice about rebise
प्रतिक्रिया दिनुहोस
Loading...