प्रधानमन्त्री दाहाल आज मुुस्ताङ आउनुुहुुने

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

जोमसोम, ः प्रधानमन्त्री पुुष्पकमल दाहाल (प्रचण्ड) बुधबार मुुस्ताङ आउने हुुनुु भएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तरगतको अन्नपूूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले आयोजना गरेको जलवायुु परिवर्तन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागि हुुन प्रधानमन्त्री दाहाल मुुस्ताङ आउन लाग्नुुभएको हो ।

मुुस्ताङका प्रमुुख जिल्ला अधिकारी जनकराज पन्तले प्रधानमन्त्री दाहाल सहभागि हुुने कार्यक्रमको सुरक्षा व्यवस्था लगायत सबै तयारी पुुरा भएको जानकारी दिनुुभयो । बिहान ७.३० बजे प्रधानमन्त्री जोमसोम आइपुुग्ने कार्यक्रम रहेको छ ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

जलवायुु परिवर्तन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागि भएपछि प्रधानमन्त्री दाहाल बिहान १० देखि जोमसोममा जनतासँग माओवादी रुपान्तरण अभियान अन्तरगत आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्नुुहुने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री दाहालले मुुस्ताङ भ्रमणका क्रममा कोरला नाका र गत साउनको बाढीले क्षति पुुगेको कागबेनीको हवाई निरिक्षण गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहालको हालै भएको चिन भ्रमणका क्रममा चिनले मुस्ताङको कोरला लगायत १४ वटा ब्यापारिक नाका सञ्चालन गर्ने जनाएको थियो ।

विगत ४ वर्षदेखि बन्द रहेको कोरलाका सञ्चालनको लागि चिनको सिमानामा रहेको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका एक हजार जना भन्दा बढी सर्वसाधारणलाई चिन प्रवेश अनुुमतिपत्र वितरण गरिएको छ ।

प्रधानमन्त्री दाहाल समक्ष स्थानीयबासीहरुले कालीगण्डकी नदीको कटान, उपल्लो मुुस्ताङको पाँच वटा गाउँलाई अर्धनिषेधित क्षेत्रबाट हटाउन र जग्गा सम्बन्धी समस्या छलफल गर्ने कार्यक्रम तय भएको नेकपा माओवादी केन्द्र मुुस्ताङका ईञ्चार्ज कपिल लामाले बताउनुुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...